कांग्रेसलाई बिचलनमा पुर्याउने गगन, मतियार विश्व-गुरु : नेविसंघ नेता बस्नेत
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता सुशान्त बस्नेतले नेपाली कांग्रेसभित्र महामन्त्री गगन थापाका कारण आन्तरिक लोकतन्त्रमा बिचलन आएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत विद्यार्थी नेता बस्नेतले कांग्रेसलाई बिचलनमा लैजाने प्रमुखपात्र महामन्त्री थापा रहेको बताए । बस्नेतले लेखेका छन्, ‘कोही भ्रममा नपरौं । अहिले कांग्रेसमा आन्तरिक लोकतन्त्रप्रति जुन बिचलन देखिएको छ, त्यसको कारक गगन थापा नै हुन् ।’
‘यो विचलनका प्रत्यक्ष वा अप्रत्यक्ष हिस्सेदार धेरै छन्, जस्तै विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे तर, त्यसको केन्द्र गगन नै हुन्,’ नेविसंघका नेता बस्नेतले भनेका छन् ।
महामन्त्री थापाले कांग्रेसको नियमित महाधिवेशन गराउनेतिर कुनै कदम उठाएनन् । अन्तिम समयमा आएर थापाले विशेष महाधिवेशनको बखेडा झिकेर कांग्रेसलाई निर्वाचनमा हराउने गतिविधि गरिरहेका छन् । थापाले कांग्रेसलाई विभाजनतिर लैजानलागेको समेत आरोप लागेको छ ।
कांग्रेसको हित विपरितको महामन्त्री थापाको गतिविधिमा महामन्त्री शर्मा र नेता गुरुराज घिमिरेसहितको समूहले साथ दिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया