विलियम पब्लिक स्कूललाई ललितपुर पाब्सन चेसको उपाधि

जावलाखेल । ललितपुर निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (पाब्सन)को ललितपुर व्याब्सन चेसको उपाधि विलियम पब्लिक स्कूलले जितेको छ ।

प्याब्सनको पहलमा २५ विद्यालयबीच प्रतिस्पर्धा गराउँदै आइतबार चेस (बुद्धिचाल खेल) सम्पन्न गरेको छ । ६८ जना विद्यार्थी सहभागी दुईदिने प्रतियोगितामा विलियम पब्लिक स्कूलका रिकी महर्जन उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रथम भएकी छन् ।

सिनियर छात्र समूहतर्फ पाठशाला स्कूलका ओस्कार पन्थीले नजिकको टाइब्रेकपछि दोस्रो स्थान प्राप्त गरे । तेस्रो स्थान पाराडाइज स्कूलका प्रणव पाण्डेयले हात पारे ।

स्पर्धामा भ्याली पब्लिक स्कूलका शैलेश बस्नेत तथा सन्दीप श्रेष्ठ क्रमशः चौथो र पाँचौँ स्थानमा रहे।
जुनियर ब्वाइजमा जुगल स्कूलका निकेश राउत च्याम्पियन बने । विलियम पब्लिक स्कूलका सोयास राई दोस्रो स्थानमा रहे । फ्युचर स्टार स्कूलका लियोन प्रिन्स शाही तेस्रो स्थानमा रहे ।

भ्याली पब्लिक स्कूलका प्रतीक ढुंगल चौथो र पाठशाला नेपाल फाउन्डेशनका अभ्युदय के.सी. पाँचौँ स्थानमा रहेका थिए ।

सिनियर छात्रातर्फ आदर्श विद्या सदनकी कृषा खतिवडा विजयी बनिन् । जुगल स्कूलकी सुनामीकुमारी चौधरी द्वितीय, विलियम पब्लिक स्कूलकी कृतिका लामा तृतीय स्थानमा रहिन् ।

चौथो स्थानमा ब्राइटर फ्युचरकी एरिका आले मगर तथा पाँचौं स्थानमा नाजरेथ स्कूलकी अनुष्का श्रेष्ठ रहेका छन् । जुनियर छात्र समूहमा फ्युचर स्टार स्कूलकी ग्लोसी श्रेष्ठले सबै खेल जित्दै प्रथम भइन् । उनीपछि आदर्श विद्या सदनकी सविना श्रेष्ठ दोस्रो, श्रीकुल स्कुलकी प्रकृति थापा तेस्रो स्थानमा रहिन् ।

चौथो स्थान प्रेम स्कूलका जोया राई तथा पाँचौँमा विलियम पब्लिक स्कुलकी अलिना सुवेदीले टाइब्रेकका आधारमा उक्त स्थान हात पारिन् ।

प्रतिस्पर्धामा प्रत्येक समूहका विजयी पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यालयका खेलाडीलाई ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरेका छन् ।

चौथो र पाँचौँ स्थान हासिल गर्ने खेलाडीलाई सान्त्वना पदक दिइएको छ । शीर्ष दश खेलाडीलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

कार्यक्रमका सभापति श्रीकुल स्कूलका प्रधानअध्यापक शिवेन्द्र कार्कीले पाब्सनको रचनात्मक कार्यक्रम गर्न पाउनुमा विद्यालय गौरवान्वित भएको उल्लेख गर्दै भविष्यमा पनि तयार रहेको बताए ।

पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि ललितपुर पाब्सन अध्यक्ष ताराप्रसाद खनालले प्रतियोगिता पाब्सनको वार्षिक कार्यतालिका अनुसार सञ्चालन भएको बताए ।

खनालले चेसलाई बौद्धिक खेलका रुपमा परिभाषित गर्दै विद्यार्थीमा अनुशासन, एकाग्रता, स्मरण शक्ति विकास, विश्लेषण क्षमता, निर्माण क्षमता, शैक्षिक क्षेत्रमा उत्कृष्टता प्राप्त गर्न महत्वपूर्ण भूमिका खेलेको स्पष्ट देखियो ।

पाब्सन ललितपुर बुद्धिचाल खेलको पाठ्यक्रममा जोड दिनेछ । पाब्सन विद्यालयका सञ्चालकले आफ्ना विद्यार्थीलाई प्रशिक्षण प्रदान गरि आगामी वर्ष उत्कृष्ट खेल प्रदर्शन गराउन लाग्नेमा अध्यक्ष खनालले विश्वास व्यक्त गरेका छन् ।

प्रतियोगितामा ललितपुर चेस संघका पूर्व अध्यक्ष गोपाल महर्जन, फिडे निर्णायक सोराज ताम्राकार, शिरोमणि बज्राचार्य र असुन राजकर्णीकारले प्राविधिक पक्ष बलियो बनाए ।

Published : Monday, 2025 November 24, 5:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया