कांग्रेसभित्र बण्डर गर्दै आएका गगनका दूतहरूद्वारा प्रधानमन्त्री कार्कीसँग भेट
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाएर पार्टीभित्र बबण्डर मच्चाइरहेका बेला नेता गुरुराज घिमिरेसहितका नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेट गरेका छन् ।
मंगलबार बिहान बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग घिमिरेसहितका कांग्रेस नेताहरूले भेट गरेका हुन् । विशेष महाधिवेशनको नाममा कांग्रेसलाई राष्ट्रिय राजनीतिमा प्रवेश गर्न नदिएका नेताहरूले प्रधानमन्त्री कार्कीलाई भेट गरेका छन् ।
नेता घिमिरेले लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूसँग भेटघाट, मुलुकको वर्तमान राजनीतिक परिस्थितिका बारेमा छलफल ।’
महामन्त्री थापाको विशेष महाधिवेशनका लागि भन्दै हस्ताक्षर अभियानको नेतृत्व गर्ने नेता घिमिरेले प्रधानमन्त्री कार्कीलाई भेट गरेर के कुरा गरेका हुन् धेरै कुरा बाहिर आएको छैन ।
महामन्त्री थापाले मानवीय समवेदना समेत प्रकट गर्न नसकेको भनेर आक्षेप लागिरहेका बेला प्रधानमन्त्री कार्कीसँग भेट गर्न नेता घिमिरेको नेतृत्वमा दूतहरू पठाएका छन् ।
सभापति शेरबहादुर देउवा र नेतृ डा.आरजु राणाको हत्या गर्ने उद्देश्यले सांघातिक आक्रमण हुँदा समेत महामन्त्री थापाले घटनाको निन्दा गरेनन् । स्वास्थ्य लाभको कामना समेत गरेका थिएनन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया