सुनिललाई हराउँदै चलचित्र निर्माता संघको अध्यक्षमा उदय निर्वाचित

काठमाडौं । सुनिल थापालाई हराउँदै उदय सुब्बा चलचित्र निर्माता संघको अध्यक्षमा निर्वाचित भएका छन् ।

सुब्बा १५३ मत ल्याउँदै विजयी भएका हुन् । सुब्बासँग थापा पराजित गरेका हुन् । थापाले १२७ मत पाएका थिए ।

सोमबार काठमाडौंमा भएको संघको १९औँ वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो । निर्माता संघको निर्वाचनमा लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणा, निर्देशक तीर्थ थापा, अभिनेता एवम् निर्माता दिल श्रेष्ठ, अभिनेत्री पूजना प्रधान, अमर ओली, देवेन्द्र पाण्डे, सन्तोष सेन लगायतले मतदान गरेका थिए ।

महासचिवमा खगेन्द्र लामिछाने निर्वाचित भएका छन् । लामिछानेसँग किरण नेपालीलाई पराजित भएका छन् । लामिछानेले १५२ मत पाएर निर्वाचित भएका हुन् भने नेपालीले १२५ मत प्राप्त गरेका थिए ।

सचिवमा युवराज गिरी १५९ मत पाएर निर्वाचित भएका छन् । गिरीका प्रतिस्पर्धी किसान पोखरेलका पक्षमा ११२ मत खसेको थियो ।

उपाध्यक्षमा रौनकविक्रम कँडेल र ज्योतिराज राई तथा कोषाध्यक्षमा रामप्रसाद रिजाल निर्विरोध निर्वाचित भएका छन् ।

नौ जनाको सदस्य पदका लागि सातजनाले मात्र आवेदन दिएकाले सबै सर्वसम्मत भएका छन् ।

Published : Tuesday, 2025 November 18, 9:12 am

फेसबुकबाट तपाईको प्रतिक्रिया