हिंसात्मक भड्काउ अभिव्यक्ति दिएपछि नागरिक बचाउ दलका अध्यक्ष प्रसाईं पक्राउ
काठमाडौं । प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको गरेको छ ।
प्रसाईंका गतिविधिले शान्ति सुरक्षामा खलल पुग्ने भएपछि सोमबार राति प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । हिंसा भड्काउ अभिव्यक्ति दिएको आरोपमा प्रसाईंलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति भक्तपुरस्थित निवासबाट प्रसाईंलाई पक्राउ गरेको हो ।
प्रसाईंले दुई दिन अगाडि ‘नागरिक बचाउ दल’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । मंसिर ७ गते प्रदर्शन गर्ने घोषणा गरिए पनि प्रसाईंको गिरफ्तारीको विरोधमा आजैबाट प्रदर्शनमा उत्रिने सो पार्टीका नेताहरूले बताएका छन् ।
प्रसाईंलाई मध्यराति अपहरण शैलीमा पक्राउ गरेर सरकारले शान्ति भंग गरेको आरोप समर्थकहरूले लगाएका छन् ।
यसअघि १५ चैतको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशपछि छुटेका थिए । राजावादी गतिविधिमा संलग्न प्रसाईं बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्ने लगायत माग राख्दै ७ मंसिरदेखि आन्दोलनको तयारीमा छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया