घोराहीमा २५ वर्षीया पत्नी सीता सुनार हत्या

घोराही । जिल्ला प्रहरी कार्यालय, दाङले हत्याको अभियोगमा २३ वर्षीय सञ्जु सुनारलाई पक्राउ गरेको छ ।

आफ्नै श्रीमती २५ वर्षीया सीता सुनारको हत्या गरेको अभियोगमा सञ्जु सुनारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घोराही उपमहानगरपालिका–१८ गिठेपानीस्थित पुस्तक पसल गरी बस्ने रोल्पाको परिवर्तन गाउँपालिका–१ घर भएका सञ्जु सुनारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सञ्जु सुनारले सीता सुनारलाई सामान्य विवादका कारण हत्या गरेको भनी वडा प्रहरी कार्यालय, घोराहीमा जानकारी गराउनासाथ प्रहरीले सञ्जु सुनारलाई पक्राउ गरेको हो ।

Published : Monday, 2025 November 17, 9:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया