कालीमाटी तरकारी बजारमा उपद्रो मच्चाएर आगजनी गर्ने श्रेष्ठ पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले कालीमाटी तरकारी बजारभित्र रहेको सरकारी प्रशासनिक भवनमा तोडफोड तथा आगजनी गरेको आरोपमा ४३ वर्षीय राजेन्द्र श्रेष्ठलाई पक्राउ गरेको छ ।

श्रेष्ठ काठमाडौं महानगरपालिका वडा नं. १३ टंकेश्वरमा बस्दै आएका थिए । श्रेष्ठलाई प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले कार्तिक २७ गते दिउँसो सोही स्थानबाट नियन्त्रणमा लिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीका अनुसार श्रेष्ठ भदौ २४ गते प्रदर्शनको क्रममा कालीमाटी तरकारी बजारभित्र रहेको सरकारी प्रशासनिक भवनमा तोडफोड तथा आगजनी गर्ने अपराधमा संलग्न थिए ।

पक्राउ परेका श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतबाट आपराधिक उपद्रव सम्बन्धी कसूरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Sunday, 2025 November 16, 8:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया