गोली प्रहार गर्ने थोकर कोलगैरीबाट हतियारसहित पक्राउ

हेटौँडा । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले ७५ वर्षीय इमानसिंह थोकरलाई हतियारसहित पक्राउ गरेको छ ।

शुक्रबार प्रहरीले थोकरलाई कोलगैरीबाट फक्राउ गरेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ । राक्सिराङ गाउँपालिका वडा नं. १ कोलीगैरी ठकुरीडाँडामा थोकरले सोही ठाउँ बस्ने वर्ष ६४ का ठूले गोलेलाई गोली प्रहार गरी हत्या गरेको सूचनापछि पुगेको प्रहरीले थोकरलाई लुकीछिपी बसेको अवस्थामा घटनास्थलभन्दा १ किलोमिटर टाढाबाट नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका थोकरको साथबाट प्रहरीले कटुवा पेस्टोल, गोली, पाउडर जस्तो बस्तुसहित नियन्त्रणमा लिएको छ ।

Published : Saturday, 2025 November 15, 1:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया