बिगतको गल्तीबाट माफी मागेर कांग्रेसले उपयुक्त निर्णय गर्नुपर्छ : कार्यबाहक सभापति खड्का
काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको हितमा हुने टिकाटिप्पणीलाई आफूले सम्मानका साथ लिएको बताएका छन् ।
शनिबार कार्यबाहक सभापति खड्काले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मेरो बारेमा सार्वजनिक रुपमा यहाँहरूले गर्नु भएको जस्तो सुकै टिप्पणीहरूलाई मेरो सदा सम्मान छ र रहनेछ ।’
उनले भने, ‘यिनै टिप्पणीहरू नै मेरा लागि शक्ति र मार्गदर्शन हुन्छन् । ईतिहाँसमै देश र पार्टीमाथि देखिएको प्रतिकूल अवस्थालाई ध्यानमा राखेर निर्णय गर्न केही समय ढिला भएपनि, हतारमा निर्णय गरेर पछि पछुताउनुभन्दा, पार्टीलाई एकताबद्ध राखेर प्रतिकुल समयको पदचापलाई सामना गर्न, हाम्रा बिगतका गल्ती कमजोरी स्वीकारी नेपाली जनतासँग माफी मागेर बिगतमा जस्तै समाधानको नेतृत्व फेरि एकपटक कांग्रेसले लिन सक्ने गरि पार्टीको उपयुक्त निर्णय गर्न समय लागेको छ ।’
‘साथीहरू सबैले एकाताबद्ध भएर यो महत्वपूर्ण मर्मलाई बुझिदिई धैर्यता राखिदिन हाम्रो विशेष अनुरोध छ,’ कार्यबाहक सभापति खड्काले भने ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया