गगन-विश्व समूहले झुक्काएका रुपन्देहीका चौधरीले पनि फिर्ता लिए हस्ताक्षर, खुल्दैछ कीर्ते काण्ड
काठमाडौं । नेपाली कांग्रेस, रुपन्देहीका स्थानीय नेता एवम् महाधिवेशन प्रतिनिधि सन्तराम चौधरीले विशेष महाधिवेशनका लागि गरेको हस्ताक्षर फिर्ता लिएका छन् ।
शुक्रबार कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई सम्बोधन गरेर चौधरीले हस्ताक्षर फिर्ता लिएको जनाएका छन् । चौधरीले पत्रमा लेखेका छन्, ‘मैले विशेष महाधिवेशनको लागि केही दिन पहिला गरेको हस्ताक्षरले पार्टीलाई थप क्षति हुने महसुस गरी हस्ताक्षर फिर्ता लिएको जानकारी गराउँदछु ।’
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समूहले रुपन्दी जिल्लामा महाधिवेशन प्रतिनिधिहरूलाई झुक्काएर विशेष महाधिवेशनका लागि हस्ताक्षर गराएको खुलेपछि धमाधम फिर्ता लिने क्रम बढेको छ ।
रुपन्देही जिल्लामा महामन्त्री थापा र शर्माको पक्षमा करीव २५ प्रतिशतले हस्ताक्षर गरेको भए पनि हस्ताक्षर गर्नेहरूलाई झुक्काएर विशेष महाधिवेशनका लागि हस्ताक्षर गाएको कुराहरू बाहिरिएको छ ।
देशभरि महामन्त्रीद्वय थापा र शर्माले महाधिवेशन प्रतिनिधिहरूलाई झुक्काएर, विभिन्न प्रलोभनमा पारेर, स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको टिकट दिने लगायतका आश्वासन बाँडेर झुक्यानमा पारी हस्ताक्षर गराएको भन्दै हस्ताक्षर फिर्ता भइरहेका छन् ।
लुम्बिनी कांग्रेसका सभापति अमरसिंह पुनले महाधिवेशन प्रतिनिधिहरूलाई विभिन्न आश्वासन दिने र नमान्ने महाधिवेशन प्रतिनिधिहरूलाई धम्काएर हस्ताक्षर गराएको कुराहरू अहिले आएर खुल्न थालेका छन् ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया