चोलेन्द्र–ईश्वरका ‘प्यादा’ पूर्वएआईजीपीका कर्तुतहरू, अर्याललाई हटाएर गृहमन्त्री बन्न शंकास्पद गतिविधि
काठमाडौं । नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजीपी) विश्वराज पोखरेलले प्रहरी संगठनको गरिमा र मानमर्दन हुने गरेर उत्तेजित किसिमले अभिव्यक्ति दिइरहेका छन् ।
प्रहरी संगठनमा रहँदा शक्तिको आडमा अस्वभाविक रुपमा आफैले अवसर लिएका पोखरेलले जेनजी प्रदर्शनपछि आफूलाई ईमान्दार प्रहरीका रुपमा उभ्याउन खोजेका छन् । पोखरेलले हालका गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाएर आफू गृहमन्त्री बन्न सक्छु कि भनेर लबिङमा पनि लागिरहेका छन् । गृहमन्त्री बन्न नसकेपछि अन्य कुनै मन्त्री पाइन्छ कि भनेर पूर्वतिर घर भएका व्यक्तिहरूमार्फत प्रधानमन्त्री सुशीला कार्कीसम्म छिर्ने प्रयास गरिरहेको स्रोतले जनाएको छ । भारतीय बाबा र एकजना पूर्वप्रधानन्यायाधीशलाई बारम्बार भेट गरेर पोखरेलले मन्त्रीका लागि लबिङ गरिरहेका छन् ।
पोखरेलले सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र एमालेका नेता एवम् तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रयोग गरेर विशेष पद सिर्जना गर्न लगाइ डीआईजीपीमा एकल बढुवा खान भ्याएका थिए । शक्तिको आडमा पोखरेलले धेरै प्रहरी अधिकारीहरूलाई दुःख दिएका थिए ।
आफूलाई आईजीपी बन्न नदिएका तत्कालीन गृहमन्त्री र गृहसचिवविरुद्ध निकै तल्लोस्तरको अभिव्यक्ति दिइरहेका छन् । आईजीपी बन्ने कुरा केटाकेटी आए गुलेली खेलाए, मट्याङ्ग्राका सत्यानास भने जस्तो होइन । क्षमता, योग्यता, कमाण्ड गर्न सक्ने खुबी हुनुपर्छ । चालेन्द्रशम्शेर जरबरा र ईश्वर पोखरेलहरूको फेर समातेर जागिए खाए जस्तो होइन ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेतृ डा.आरजु राणाविरुद्ध पनि पूर्वएआईजीपी पोखरेलले व्यक्तिगत लाञ्छनाहरू लगाएर चरित्रहत्या गरिरहेका छन् । आईजीपी बनाउन आफूसँग पैसा माग गरेको भनेर अप्रमाणित कुराहरू पोखरेलले बोलिरहेका छन् । सभापति देउवा र नेतृ डा.राणाको हत्या गर्ने उद्देश्यले भदौ २४ गते जेनजी प्रदर्शनका बहानामा सांघातिक आक्रमण गरेर गम्भीर घाइते बनाइएको छ । उनीहरू उपचारमा छन् । तर, पूर्वएआईजीपी पोखरेलले मानवीय समवेदना समेत भुलेर निच अभिव्यक्तिहरू दिइरहेका छन् ।
एआईजीपी भइसकेको व्यक्ति तथ्य र प्रमाणका आधारमा बोल्नुपर्छ । होइन भने तथ्य र प्रमाणबिना जथाभावी सार्वजनिक मिडियामा बोल्ने पोखरेललाई हत्कडी लगाएर साइबर अपराधमा कारबाही गर्नुपर्ने माग उठेको छ । पोखरेलले आईजीपी बनाउन आफूसँग रकम माग गरेको कुराको पनि प्रमाण सार्वजनिक गर्नुपर्छ ।
पोखरेलका कर्तुत् कति छन् ? उनलाई पनि राम्रोसँग जानकारी हुनुपर्छ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलसँग मिलेर आफूभन्दा सिनियर प्रहरी अधिकृतहरूलाई भित्तामा पु¥याएर विशेष बढुवा खाँदै आएका पोखरेलका एकएक कर्तुतबाट प्रहरी संगठन जानकार छ ।
तत्कालीन समयमा पोखरेलले एआईजीपीको पदसम्म आइपुग्न पटकपटक अप्रत्यासित हाईजम्प गरेका थिए । २०४९ चैत १२ मा प्रहरी निरीक्षकका रुपमा सेवा प्रवेश गर्दा पोखरेल १६ नम्बरमा थिए । त्यतिबेला धिरजप्रताप सिंह एक नम्बरका ईन्स्पेक्टर थिए ।
ईन्स्पेक्टरबाट डीएसपी हुने समयमा पनि धिरजप्रताप सिंह एक नम्बरमै बढुवा भएका थिए । पोखरेल १८औं नम्बरमा डीएसपी बनेका थिए ।
२०६१ सालमा डीएसपी हुँदा पोखरेलको सूची १८औं नम्बरमा थियो । २०६९ सालमा एसपी हुँदा पनि धिरजप्रताप सिंह एक नम्बरमै बढुवा हुँदा पोखरेल ५ नम्बरमा एसपी भएका थिए । एसपीको बढुवामा धिरजप्रताप सिंह एक नम्बर, उत्तम सुवेदी दुई नम्बर, दिवेश लोहनी तीन नम्बर, बसन्तकुमार लामा चार नम्बर र पोखरेल पाँच नम्बरको वरीयतामा एसपी बनेका थिए ।
एसपीबाट एसएसपी बन्ने समयमा भने पोखरेलले ठूलै छलाङ मारेका थिए । एसएसपी बन्ने समयमा एक नम्बरका सिंह, दुई नम्बरका सुवेदी, तीन नम्बरका लोहनी र चार नम्बरका लामालाई उछिनेर पोखरेल एक नम्बरमा बढुवा हुन सफल भएका थिए ।
पोखरेलले आफू एक नम्बरमा बढुवा हुनका लागि प्रहरी संगठनको कर्मचारी प्रशासनमा बसेर काम गर्न पाएका थिए । कर्मचारी प्रशासन त्यस्तो शाखा हो, जहाँबाट प्रहरी कर्मचारीको मूल्यांकन फारम भरिन्छ र नम्बर चढाइन्छ । त्यसबाहेक तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसँग नजिक रहेका कारण पोखरेलले बढुवामा एकैपटक ४ जनालाई पछाडि पारेर छलाङ मारेका थिए । पोखरेलले छलाङ मार्नुका पछाडि रेकर्डमा दर्ज हुने गरी कुनै उल्लेखनीय काम गरेका छैनन् ।
तत्कालीन समयमा विश्वराज पोखरेल एक नम्बरमा, धिरजप्रताप सिंह दुई नम्बरमा, उत्तम सुवेदी तीन नम्बरमा, बसन्त लामा चार नम्बरमा, दिवेश लोहनी पाँच नम्बरमा र रवीन्द्र धानुक ६ नम्बरमा एसएसपीमा बढुवा भएका थिए । त्यतिबेला सहकुलबहादुर थापा एसएसपी बन्नबाट छुटेका थिए ।
अप्रत्यासित छलाङ मारी एक नम्बरमा एसएसपीमा बढुवा भएका पोखरेलले डीआईजी बन्ने समयमा पनि त्यसैगरी छलाङ मारे । तत्कालीन डीआईजी सुशील भण्डारीको सडक दुर्घटनामा मृत्यु भएपछि रिक्त रहेको डीआईजीको एक पदमा तत्कालीन केपी ओली सरकारले पोखरेललाई बढुवा गरेको थियो । जतिबेला पोखरेललाई डीआईजी बनाइएको थियो, त्यतिबेला पूर्वआईजीपी ठाकुर ज्ञवाली ब्याचका वीरेन्द्र श्रेष्ठ सिनियर एसएसपी थिए । पोखरेलको ब्याचभन्दा दुई ब्याच र तीन वर्ष सिनियर रहेका श्रेष्ठलाई डीआईजी नबनाई तत्कालीन सरकारले भविष्यमा आईजीपी बनाउने उद्देश्यका साथ पोखरेललाई डीआईजीमा बढुवा गरेको थियो ।
विश्वाज पोखरेल २०७६ वैशाख १९ गते एकल बढुवाबाट डीआईजी बनेका थिए । उनी डीआईजी बनेसँगै आईजीपीको प्रतिस्पर्धामा एकल उम्मेदवार बनेका थिए । पोखरेल डीआईजी बनेको केही समयपछि मात्रै सहकुलबहादुर थापा, धिरजप्रताप सिंह, उत्तम सुवेदी, रवीन्द्र धानुक लगायतलाई डीआईजी बनाइएको थियो ।
डीआईजीबाट एआईजी बनाउने समयमा पनि विश्वराज पोखरेलका लागि तत्कालीन सरकारले नयाँ पद सिर्जना गरेको थियो । तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेलको जोडबलमा एआईजीको नयाँ पद सिर्जना गरी पोखरेललाई भावी आईजीपीका रुपमा तयार पार्न एआईजीमा बढुवा गरिएको थियो । पोखरेल २०७७ मंसिर २५ मै नयाँ सिर्जना गरिएको एआईजी पदमा बढुवा भएका थिए ।
पोखरेललाई भावी आईजीपी बनाउन प्रहरी संगठनको नियमावली मिचिएको लगायतको आरोप लगाउँदै संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरीसमेत परेको थियो ।
उजुरीपछि समितिले तत्कालीन गृहमन्त्री रामबहादुर थापालाई समितिको बैठकमा बोलाएर एआईजीको पद सिर्जना र बढुवाबारे प्रश्न गरेको थियो । राज्य व्यवस्था तथा सुशासन समितिमा जवाफ दिने क्रममा तत्कालीन गृहमन्त्री थापाले आफूले प्रहरी अतिरिक्त महानिरीक्षक पद थप गर्नेबारे प्रस्ताव पनि नगरेको र त्यसबारे आफूलाई कुनै जानकारी नभएको जवाफ दिएका थिए ।
राज्य व्यवस्था तथा सुशासन समितिले २०७७ मंसिर २४ गते सरकार, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको नाममा निर्देशन दिँदै एकल पद सिर्जना गरी एआईजीमा बढुवा गर्दा प्रहरी संगठनमै दूरगामी असर गर्ने भएकाले एआईजी पदमा बढुवा नगर्न र उक्त पद आवश्यक पनि नरहेको कारण बढुवा नगर्न पत्र पठाएको थियो ।
राज्य व्यवस्था तथा सुशासन समितिले सरकार, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको नाममा निर्देशन दिएको भोलिपल्टै अर्थात् २०७७ मंसिर २५ गते ओली नेतृत्वको सरकारले पोखरेललाई एआईजीमा बढुवा गरेको थियो ।
पोखरेललाई मात्रै एआईजीमा बढुवा गरेपछि तत्कालीन सत्तारुढ दल एमालेभित्रै असन्तुष्टिसमेत देखियो । त्यसपछि एसएसपीमा छुटेका तर, डीआईजीमा सँगै बढुवा गरिएका सहकुलबहादुर थापालाई एमालेकै महेश बस्नेत र गोकुल बास्कोटा समूहको दबाबमा एआईजीकै अर्को पद सिर्जना गरी बढुवा गरिएको थियो । थापालाई २०७८ असार २१ गते प्रहरी अतिरिक्त महानिरीक्षक अर्थात् एआईजी पदमा बढुवा गरिएको थियो ।
तत्कालीन ओली सरकार परिवर्तन भएसँगै शेरबहादुर देउवा नेतृत्वको सरकारले एआईजीको थप नयाँ पद सिर्जना गरी बसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गरेर प्रहरीभित्र विश्वराज पोखरेल जस्ता प्रवृत्तिले बिगारेको चेनअफ कमाण्डलाई सुधारको प्रयास गरेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया