मलाई ग्लानी छ, मेरो सभापतिलाई भौतिक आक्रमण हुँदा र पार्टी कार्यालय जल्दा बचाउन सकेन : जीतजंग बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सभापति शेरबहादुर देउवालाई भौतिक आक्रमण हुँदा र पार्टी केन्द्रीय कार्यालय जल्ला समेत केही गर्न नसकेको भनेर आफू आत्मग्लानी भएको बताएका छन् ।

बुधबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सम्बोधन गर्दै बस्नेतले भने, ‘देश, पार्टी, लोकतन्त्रका लागि जुन बेला आवश्यक पर्‍यो, हरेक आन्दोलनको अग्रपंक्तिमा उभिएका हौं । आज म आफूलाई नै ग्लानी लागेको छ, साथसाथै आफैसँग असन्तुष्ट पनि छु सभापति ज्यू माथि भौतिक आक्रमण हुँदा र पार्टी कार्यालय जल्दा, बचाउन उभिन नसकेकोमा आत्मग्लानि छ ।’

बस्नेतले भने, ‘त्यस दिन मेरो पनि परिस्थिति भयावह थियो, म छिमेकी दाजुभाई तथा साथीहरूको सहयोगका लागि कृतज्ञ छु । म फरक विचार राखे मान्छे हुँ मनले सोँच्ने, आत्माको आवाज नदबाउने । म साँचो बोल्न डराउने मान्छे होइन डर हुने भएको भए राजनीति गर्दिनँथें ।’

केन्द्रीय सदस्य बस्नेतले मुलुकलाई संवैधानिक बाटोमा हिँडाउन बिघटन भएको प्रतिनिधि सभालाई पुनःस्थापना गर्नुपर्ने बताएका छन् । नेता बस्नेतले भने, ‘अहिलेको परिस्थितिबाट बाहिर निस्कने वास्तविक र ठोस बाटो भनेको संसद पुनःस्थापना नै हो, विकल्प अर्को छैन । मलाई याद छ, केपी ओली सरकारले संसद दुई पटक विघटन गर्दा हामी पहिलो पंक्तिमा उभिएका थियौं ।’

‘सडकमा पुगेका थियौं, अदालतसम्म मुद्दा पु¥यायौं र सर्वोच्च अदालतसम्म गएर लोकतान्त्रिक अधिकारको पक्षमा विजय हासिल गर्‍यौं । त्यो बेला तत्काल फ्रेश चुनावको प्रस्ताव गरे तापनि, देशमा ठूला कम्युनिस्ट फुटिरहेका र लोकतान्त्रिक संरचना चुनौतीमा परेका बेला सर्वोच्च अदालतसम्म पुगेर संसद पुनःस्थापना गराउनु नै उचित र निर्णायक उपाय बनेको थियो ।’

‘यदि कुनै पक्षले असंवैधानिक कदम चाल्यो भने संसद पुनःस्थापना ने अन्तिम र निर्णायक विकल्प हो भन्ने घटनाले इतिहासले प्रमाणित गर्दछ’, नेता बस्नेतले भने, ‘त्यहाँबाटै हाम्रो पार्टीले पनि उत्पन्न चुनौतीहरू सामाधान ग¥यो । आजको परिप्रेक्ष्य फरक छ ।’

‘फरार कैदी, बन्दी खुलेआम हिंडिरहेका छन्, लुटिएका हतियार फिर्ता भएका छैनन् र सुरक्षा कर्मीहरूको मनोबल पनि पूर्णरूपले स्थापित भएको छैन, सरकारको गतिविधि र नेपाली कांग्रेस मधेशमा एक्लो’ र टुहुरो अनुभूत भएको छ ।’

‘केन्द्रीय समितिले मधेशको पीडा, अवस्था र भावनालाई आत्मसात् गरी ठोस निर्णय लिनुपर्छ,’ उनले भने ।

Published : Wednesday, 2025 November 12, 8:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया