गगन निकट भएकै कारण राष्ट्रिय झण्डा फाल्ने सांसद सिंहलाई कारबाही भएन
जनकपुर । राष्ट्रिय झण्डा स्ट्याण्डबाट उठाएर फालेका मधेश प्रदेश सभा, नेपाली कांग्रेस संसदीय दलको उपनेता समेत रहेका सांसद वीरेन्द्र सिंहले कारबाही गर्न जोडतोडले माग उठेको छ ।
गत सोमबार जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्रीको कार्यकक्ष तोडफोड गर्न दलबलसहित पुगेका कांग्रेसका सांसद सिंहले राष्ट्रिय झण्डालाई निकालेर फालेका थिए । उनले राष्ट्रिय झण्डालाई उठाएर फालेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
राष्ट्रिय झण्डालाई उठाएर पाल्ने सांसद सिंहलाई कानून बमोजिम कारबाहीको माग उठेको छ । सांसद सिंहलाई बर्खास्थ गर्न माग भइरहेको छ । सिंहलाई कारबाहीको माग उठेको दुई दिन भइसक्दा समेत कुनै कारबाही भएको छैन । सिंह महामन्त्री गगन थापा निकट भएका कारण कारबाही हुन नसकेको आरोप छ ।
कांग्रेसका महामन्त्री थापा निकट भएकै कारण सांसद सिंहलाई कारबाही भएको छैन । सुशासनको कुरा गर्दै आएका महामन्त्री थापाले सांसद सिंहलाई किन कारबाहीका लागि चासो देखाएका छैनन् प्रश्न उठेको छ ।
सिंह सर्लाहीबाट प्रदेश सभामा निर्वाचित भएका हुन् । उनी मधेश प्रदेशका पूर्वमन्त्री पनि हुन् । सांसद सिंह गुण्डाशैलीमा प्रस्तुत हुँदै आएका छन् । सांसद सिंहका दाई सुरेन्द्र सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि नेपाली कांग्रेस, सर्लाहीको सभापति पदबाट राजीनामा दिएर ठण्डाराम बनेर बसेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सांसद वीरेन्द्र सिंह र सुशेन्द्र सिंह रिसाएका छन् । भ्रष्टाचार अभियोग लागेका बेला सुरेन्द्र सिंहलाई सभापति देउवाले सर्वोच्च अदालतबाट नबचाएको भन्दै सभापति देउवालाई छाडेर वीरेन्द्र सिंह र सुरेन्द्र सिंह माहमन्त्री गगन थापा निकट भएका थिए । उनीहरूले थापालाई बेलाबेला सर्लाही लगेर कार्यक्रममा सहभागी गराउँदै आएका छन् ।
राष्ट्रिय झण्डाको अपमान गरेर स्ट्याण्डबाट उठाएर फाल्ने सांसद वीरेन्द्र सिंहले केही दिन अगाडि काठमाडौंमा भएको कांग्रेस महामन्त्री थापाको गुटको भेलामा उत्तेजक अभिव्यक्ति दिँदै कांग्रेस केन्द्रीय कार्यालय घेराउ गरेर विशेष महाधिवेशन गराउन बाध्य बनाउने र थापालाई सभापति बनाउने धम्की दिएका थिए ।
यसैबीच, नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री शंकर भण्डारीले राष्ट्रिय झण्डाको अपमान गरेर नेपाली स्वाभिमानको खिल्ली उडाउनेहरूप्रति कारबाही गर्न माग गरेका छन् ।
प्रेस विज्ञप्तिमा नेता भण्डारीले भने, ‘नेपालीको मन दुखेको छ । त्यो भन्दा पनि बढी राजनीतिक दलका माध्यमबाट मुलुकको नेतृत्व गर्छ भनि अगाडि सरेका नेताले मधेशलाई स्वायत्त घोषणा गर्नुपर्ने विचार राख्नु मुलुकको अखण्डता, सार्वभौमसत्ता र राष्ट्रियताका दृष्टिबाट अत्यन्त घातक छभन्ने मेरो ठम्याई छ ।’
‘नेपालको अखण्डतामा धावा बोल्ने जुन दुश्प्रयास भएको छ त्यसको घोर भर्न्सना गर्दछु । लाखौ पुर्खाको बलिदानबाट निर्माण भई सधै स्वतन्त्र रहेको नेपाल हामी सबै नेपालीको लागि प्राणभन्दा प्यारो छ,’ नेता भण्डारीले भने ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया