रवि लामिछानेसँगै जेलबाट फरार भएका ‘कालीबाबा’ पक्राउ

काठमाडौं । ललितपुरको नख्खु कारागारबाट फरार भएका हाडनाता करणीमा २५ वर्ष जेल सजाय सुनाइएका भरत लामिछाने ‘कालीबाबा’ पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले लामिछानेलाई काठमाडौंबाट पक्राउ गरेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

हाडनाता करणीमा दाहाललाई काठमाडौं जिल्ला अदालतले २५ वर्ष कैद र १ लाख रुपियाँ जरिवानाको फैसला सुनाएकोमा उच्च अदालत पाटनले पनि त्यसलाई सदर गरेको थियो ।

नख्खु कारागारमा थुनामा रहेका उनी गत भदौ २४ देखि फरार थिए । जेनजी प्रदर्शनका क्रममा दाहाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँगै फरार भएका थिए ।

दाहालको अझै १४ वर्ष कैद सजाय बाँकी रहेको छ । पक्राउ परेका लामिछानेलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि नख्खु कारागार पठाइएको छ ।

Published : Wednesday, 2025 November 12, 1:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया