संस्थापन केन्द्रीय सदस्यहरूको भेलामा फर्मुल्लाहलाई नो ईन्ट्री, समन्वयको भूमिका निर्वाह
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले सहमहामन्त्री फर्मुल्लाह मन्सुरको नेतृत्वमा संस्थापन पक्षका नेताहरूको बैठक बसेको भनेर आएका समाचार गलत भएको बताएका छन् ।
दुई दिन अगाडि आइतबार काठमाडौंमा संस्थापन निकटका करीव २० जना केन्द्रीय सदस्यहरूको बैठक बसेको थियो । बैठकमा केन्द्रीय सदस्यहरू मात्रै सहभागी रहेका थिए । विभिन्न सञ्चारमाध्यमहरूमा समाचारमा सहमहामन्त्री फर्मुल्लाह मन्सुरले आयोजना गरेको भनेर आएपछि नेता चौधरीले खण्डन गरेका हुन् ।
उनले भने, ‘हाम्रा केही साथीहरू आफ्नो समूह बनाएर, बिचार समूह बनाएर सल्लाह भइरहेको सन्दर्भमा केही साथीहरू हामी पनि बस्यौँ । बाहिर आएको सहमहामन्त्री फर्मुल्लाह मन्सुरको नेतृत्वमा बसेको कुरा सरासर गलत कुरा हो । त्यो लेबलमा, त्यो छलफल भएकै होइन ।’
‘हामी निरन्तर रुपमा कुनै गुटभन्दा पनि बाटो खोजी रहेका साथीहरू एउटा लाइटम्याण्डेट नजिक नजिकका कुरा मिल्ने साथीहरू बस्दै आएका छौँ,’ नेता चौधरीले भने, ‘बाहिर समाचार आइदियो फर्मुल्लाह मन्सुरको नेतृत्वमा बैठक बस्यो भनेर भ्रामक समाचार आइदियो ।’
नेता चौधरीले भने, ‘संस्थापन पक्ष भनेको नेतृत्व गरेर जाने हो । सबैलाई समन्वयको भूमिका निर्वाह गर्ने हो । मुलुकको नेतृत्व गर्ने नेपाली कांग्रेस संस्थापन र संस्थापन इतर पक्षको नाममा विभाजित भएर मुलुकको नेतृत्व गर्ने परिस्थिति बन्छ त ? बन्दैन । संस्थापन पक्षले आफैभित्रको इतर पक्षलाई पनि नेतृत्व गर्ने परिस्थिति निर्माण गर्नुपर्यो । त्यसपछि मुलुकको नेतृत्व गर्न कांग्रेसले सक्छ । विषम परिस्थितिमा हामी अलमलिनु हुँदैन भन्ने हाम्रो निष्कर्ष छ ।’
‘तत्काल महाधिवेशन सम्पन्न गर्नुपर्छ, भन्ने एउटा प्रस्ताव आएको छ, चुनाव आगाडि नै महाधिवेशन सम्पन्न गर्ने कुरा । अर्को संस्थापन पक्षबाट सहमहामन्त्रीले म संस्थापन पक्षको प्रतिनिधित्व गर्छु भनेर फागुनपछि वैशाखमा महाधिवेशनको प्रस्ताव गर्नुभएको छ । यो कुराले अहिले कांग्रेसमा एकरुपता हुन सक्दैन । हामी आफैमा अलमलिएको देखिन्छौँ,’ उनले भने, ‘हाम्रो पक्षधरका साथीहरूलाई यसलाई विशेष महाधिवेशनसम्म पुग्नै दिनु हुँदैन, बिगतको अनुभवले विशेष महाधिवेशनले नजानिदो तरिकाले पार्टी विभाजिनतिर गएको तितो अनुभव नेपाली कांग्रेससँग छ । त्यो बाटो सबैभन्दा घातक हुन सक्छ नेपाली कांग्रेसको निम्ति ।’
उनले भने, ‘निर्वाचन र नियमित महाधिवेशन गर्नका लागि अहिले गर्नुपर्ने काम के के हुन् ? आजको भोलि महाधिवेशनमा गइहाल्ने परिस्थित छैन । महाधिवेशनमा जानका निम्ति कोही बाधक छैन । बाधक के भइरहेको छभने हाम्रो तयारी पुगेको छैन । क्रियाशीलको तयारी नपुगेको होला, विधान मस्यौदा समितिको कामहरू बाँकी होलान्, निर्वाचन कमिटी गठन गर्नुपर्ने होलान् ।’
‘मिति तोकेर प्रारम्भ मात्रै गरियो भने पनि नेपाली कांग्रेस महाधिवेशनमा छिर्यो भनेर आम मानिसमा रक्तसञ्चार गर्छ । महाधिवेशन छिर्नेवित्तिकै कुन तरिकाले गर्ने निर्वाचनलाई तार्गेट गरेर गरौँला,’ नेता चौधरीले भने, ‘निर्वाचन हुने नै भयो भने सबै तहको महाधिवेशन गर्छौ भन्ने कुरा तर्कसँगत हुन सक्दैन । निर्वाचन र महाधिवेशन दुबै एकसाथ जान सक्दैन । जति सक्छौँ निर्वाचन अगाडि महाधिवेशनको प्रक्रिया थाल्ने । निर्वाचनको प्रक्रिया शुरु भयो भने महाधिवेशनलाई थाँती राखेर निर्वाचनमा लागौँला ।’
उनले भने, ‘पार्टीको बैठकमा विषम परिस्थितमा राजनीतिक अन्यौल भइरहेको बसिरहेको छ । अहिलेको बेलामा यहि नै ठीक निकास हो भन्ने खोजी भइरहेको छ । एउटा व्यक्तिको धारणा बन्ने स्थिति पनि छैन । संविधानभन्दा बाहिर गएर सरकार बनेको छ ।’
‘तथापि, अहिलेको परिस्थितिमा यो सरकार निर्वाचन गर्नका लागि तिथि मिति पनि घोषणा गरेको छ । मुलुकलाई संवैधानिक बाटोमा फर्काउने बैध बाटो के हुन सक्छ भन्ने नै आजको बाटो सबैको मूल प्रश्न हो,’ चौधरीले भने ।
‘नेपाली कांग्रेसको महाधिवेशनको कुरा पनि आएको छ । सबै सन्दर्भमा पार्टीभित्र छलफल भइरहेको छ । साथीहरूले आगामी दिनमा पार्टीका कसरी सहज अवस्था हुन सक्छ ? विगतमो इतिहाँसमा पार्टीले जसरी कठिन परिस्थितिमा पनि नेतृत्वदायी भूमिका खेलेको नेपाली कांग्रेसको इतिहाँस हो,’ उनले भने ।
‘अहिलेको परिस्थितिमा नेपाली कांग्रेसले सबै राजनीतिक दलहरूको नेतृत्व गरेर जाने विभिन्न मागहरू राखेर खास गरेर भ्रष्टाचार र सुशासनको नारा लिएर आन्दोलनमा उत्रिएका नयाँ पुस्ताहरूलाई नेतृत्व गर्नुपर्ने नेपाली कांग्रेसको नेतृत्वदायी भूमिका गर्नुपर्ने सबैको बुझाइ हो,’ उनले भने ।
‘अबको राजनीति कुन बाटो लिँदा सहज हुन्छ भन्ने कुरामा साथीहरूले आ–आफ्नो दृष्टीकोण राखिरहनु भएको छ । फरक बिचार राख्नेवित्तिकै कांग्रेसको बिरोधी भयो, अर्को बिचार राख्ने समर्थन जनाउँदै विरोधी भयो भन्ने कुरा दृष्टीकोणले अहिलेको परिवेशमा हेर्नु हुँदैन,’ उनले भने, ‘अहिले नेपाली कांग्रेसलाई कसरी सशक्त बनाउन सकिन्छ भन्ने कुरा आ–आफ्नो राजनीतिक अनुभव, अध्ययन, आआफ्नो दृष्टीकोणको आधारमा सबैले धारणा राखीरहनुभएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया