गगनको भेलामा सानेपा घेर्ने उत्तेजक अभिव्यक्ति दिन वीरेन्द्रले गुण्डाशैलीमा राष्ट्रिय झण्डा फाले (भिडियो)
जनकपुर । मधेश प्रदेश सभा, नेपाली कांग्रेस संसदीय दलको उपनेतासमेत रहेका सांसद वीरेन्द्र सिंहले राष्ट्रिय झण्डालाई स्ट्याण्डबाट उठाएर फालेका छन् ।
सोमबार जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्रीको कार्यकक्ष तोडफोड गर्न दलबलसहित पुगेका कांग्रेसका सांसद सिंहले राष्ट्रिय झण्डालाई निकालेर फालेका हुन् । उनले राष्ट्रिय झण्डालाई उठाएर फालेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
सर्लाहीबाट प्रदेश सभामा निर्वाचित भएका हुन् । उनी मधेश प्रदेशका पूर्वमन्त्री पनि हुन् । सांसद सिंह गुण्डाशैलीमा प्रस्तुत हुँदै आएका छन् । सांसद सिंहका दाई सुरेन्द्र सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि नेपाली कांग्रेस, सर्लाहीको सभापति पदबाट राजीनामा दिएर ठण्डाराम बनेर बसेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सांसद वीरेन्द्र सिंह र सुशेन्द्र सिंह रिसाएका छन् । भ्रष्टाचार अभियोग लागेका बेला सुरेन्द्र सिंहलाई सभापति देउवाले सर्वोच्च अदालतबाट नबचाएको भन्दै सभापति देउवालाई छाडेर वीरेन्द्र सिंह र सुरेन्द्र सिंह माहमन्त्री गगन थापा निकट भएका थिए । उनीहरूले थापालाई बेलाबेला सर्लाही लगेर कार्यक्रममा सहभागी गराउँदै आएका छन् । महामन्त्री थापा आगामी निर्वाचनमा सर्लाही वा पर्साबाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा छन् । काठमाडौं उपत्यका सबै निर्वाचन क्षेत्र महामन्त्री थापाका लागि प्रतिकूल बनेका छन् । काठमाडौं उपत्यकामा महामन्त्री थापा पराजित हुन सक्ने सम्भावना छ ।

राष्ट्रिय झण्डाको अपमान गरेर स्ट्याण्डबाट उठाएर फाल्ने सांसद वीरेन्द्र सिंहले केही दिन अगाडि काठमाडौंमा भएको कांग्रेस महामन्त्री गगनकुमार थापाको गुटको भेलामा उत्तेजक अभिव्यक्ति दिँदै कांग्रेस केन्द्रीय कार्यालय घेराउ गरेर विशेष महाधिवेशन गराउन बाध्य बनाउने र गगन थापालाई सभापति बनाउने धम्की दिएका थिए ।
राष्ट्रिय झण्डालाई स्ट्याण्डबाट उठाएर फालेको भिडियो भाइरल भएपछि सांसद सिंहले अर्को भिडियो बनाएर आफ्नो फेसबुकमा पोष्ट गरेका छन् । राष्ट्रिय झण्डाको अपमान गरेर फालेका भिडियो भाइरल हुनुका साथै आलोचना भएपछि कांग्रेसका उपनेता सिंहले दाबी गर्दै भनेका छन्, ‘हामी नेपाली हौँ यो हाम्रो झण्डा हाम्रो स्वाभिमान हो । मैले यसलाई उठाएर मुख्यमन्त्रीको कुर्सीको पछाडिबाट साइडमा राखिदिएको छु ।’
मुख्यमन्त्री नियुक्ति विवादमा मधेश प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालयलगायतमा तोडफोड भएको छ । तोडफोडमा सांसदहरूकै संलग्नता देखिएको छ ।
प्रदेश प्रमुख कार्यलयबाहिरका गमला फुटाउनेदेखि कार्यलयभित्र प्रवेश गरेर तोडफोड र तालाबन्दी गर्नेहरूमा सांसदहरू नै देखिएका छन् ।
राष्ट्रिय झण्डाको अपमान गर्ने सांसद सिंहलाई तत्काल कारबाही गर्न माग उठेको छ । उनलाई मधेश प्रदेश सभाको सांसद पदबाट तत्काल बर्खास्थत गर्न माग उठेको छ ।
(भिडियो सौजन्य सामाजिक सञ्जाल)
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया