मधेश प्रदेशका कारण संघीयताको औचित्य सक्कियो, कुटपिट र तोडफोड
काठमाडौं । मधेश प्रदेश सभाका सदस्यहरूको हर्कत र गतिविधिले संघीयताको कुरुप चरित्र देखाएको छ ।
मधेश प्रदेशमा प्रदेश सभा सदस्यहरूले सोमबार देखाएका प्रवृत्तिले संघीयताको औचित्य समाप्त भएको टिप्पणी हुन थालेको छ । मधेश प्रदेशमा सबैभन्दा धेरै भ्रष्टाचार, बेथिति, असुरक्षा रहेको भनेर समाचार आइरहेका बेला प्रदेश सभा सदस्यहरूको अराजक गतिविधिले गम्भीर प्रश्न उठाएको छ ।
मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर असन्तुष्ट दलका नेता तथा कार्यकर्ताहरूले कर्मचारीहरूलाई पनि कुटपिट गरेका छन् । प्रदेशको मुख्यमन्त्रीको कार्यकक्षमा रहेका कर्मचारीमाथि कुटपिट भएको हो ।
तोडफोडमा उत्रिएको समूहबाट एक पुरुष कर्मचारीले रेकर्ड फाइल जोगाउन खोजेका छन् । त्यस क्रममा प्रदेश सभाका सदस्य र नेता तथा कार्यकर्ताहरूका ती कर्मचारीमाथि कुटपिट गरेको भिडियोमा देखिएको छ । कुपिट गर्दा नजिकै रहेकी एक महिला हाँसेर बसेको देखिएको छ । कुटाइ खाएका ती कर्मचारीलाई अर्का एक साथीले आक्रोशित भिडबाट फुत्काएर कोठा बाहिर निकोका छन् ।
मधेशमा मुख्यमन्त्री नियुक्तिको विवादले उग्ररुप लिएको छ । प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालयमा तोडफोड भएको छभने नेता–कार्यकर्ताहरुले मधेश भवन अगाडि टायर बालेर प्रदर्शन गरेका छन् ।
प्रदेश सभा सदस्यहरूले मुख्यमन्त्रीको कार्यकक्षभित्र पुगेर तोडफोड गर्ने क्रममा एक सांसदले नेपालको राष्ट्रिय झन्डा समेत निकालेर फालेका छन् ।
संघीयताले बोझ बढेको भनेर आलोचना भइरहेका बेला प्रदेस सभा सदस्यहरूले नै औकात देखाएका छन् ।
नेपाली कांग्रेस, जसपा, लोसपा सहितका प्रदेश सांसद र कार्यकर्ताहरू एमाले दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको भन्दै विरोधमा छन् ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार कात्तिक २४ गते बिहान ४ बजेतिर बिरामी भएको भन्दै काठमाडौं जान लागेको बताएकी थिइन् । निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले उनलाई फूल दिएर स्वास्थ्यलाभको कामना गर्दै बिदाइ गरेका थिए ।
महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीस्थित होटेल पानसमा पुगेर प्रदेश प्रमुख भण्डारीले ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री पदको शपथग्रहण गराएकी थिइन् । यो घटनापछि मधेशको राजनीति तरंगित भएको छ ।
असन्तुष्ट दलहरूले आलोचना गरिरहेका छन् । निवर्तमान मुख्यमन्त्री एवम् लोसपा नेता सोनलले प्रदेश प्रमुखले मधेश प्रदेशको अस्मिता लुटेको प्रतिक्रिया दिएका छन् ।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेशलाई स्वायत्त घोषणा गर्ने मौका यही भएको बताएका छन् । डा. राउतले मधेश प्रदेश सभाको बैठक सडकमा नै डाकेर भए पनि स्वायत्त घोषणा गर्न आह्वान गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया