गुण्डुमा एमालेका अध्यक्ष ओलीसँग एआईजीपी के.सी.द्वारा दुई घण्टा भेट

काठमाडौं । एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओलीसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रहरी प्रमुख (एआईजीपी) मनोज के.सी.ले भेट गरेका छन् ।

शनिबार राति करीव ७ बजे भक्तपुरको गुण्डुस्थित निवासमा छिरेका एआईजीपी के.सी. राति ९ बजेतिर बाहिरिएको स्रोतले जनाएको छ । भेटका क्रममा एमालेका महासचिव शंकर पोखरेल र एमालेका नेता विष्णु रिमालको पनि सहभागिता रहेको बुझिएको छ ।

एमालेका अध्यक्ष ओलीसँगको भेटका लागि नेता रिमालले के.सी.लाई गुण्डस्थित निवासमा लगेको चर्चा छ । संयोग नै मान्नुपर्छ एआईजीपी के.सी. र एमालेका नेता रिमाल एउटै गृहजिल्ला नुवाकोट निवासी हुन् ।

अध्यक्ष ओली र एआईजीपी के.सी.बीच भएको भेटका बारेमा प्रतिक्रिया लिन एमाले नेता रिमालसँग सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् । रिमालले एसएमएसको जवाफ पनि दिएनन् ।

Published : Sunday, 2025 November 9, 12:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया