बाहिर डिउटीको प्रहरीले धेरै बल प्रयोग गरेको छैन, भदौ २३ को प्रदर्शनपछि प्रहरी दोहोरो मारमा छ : आईजीपी खापुङ्ग
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङ्गले भदौ २३ र २४ गतेको जेनजी प्रदर्शन प्रहरी दोहोरो मारमा रहेको बताएका छन् ।
बिहीबार सार्वजनिक भएको ईमेज टेलिभिजनसँगको अन्तर्वार्तामा आईजीपी खापुङले भने, ‘प्रहरी कसरी दोहोरो मारमा छभन्ने कुरा क्लियर गर्न खोज्छु । यदि त्यो दिन (भदौ २३ गते) प्रहरीले बल प्रयोग गरेको भए त्यहि दिन संसद भवन जल्थ्यो । त्यो कुरामा त शंका छैनन नि ?’
‘गेटमा आगजनी भइसकेको थियो । भित्ता फुटिसकेको थियो । दुइटै गेट । बाहिरबाट नाग्ने कार्य भएको थियो,’ उनले भने, ‘प्रहरीले बल प्रयोग नगरेको भए प्रहरीले केही नगरिकन गयो भनेर त्यतिखेर प्रहरी छानविन र कारबाहीको दायरामा आउँथ्यो ।’
आईजीपी खापुङले भने, ‘पहिला केही मानिस प्रदर्शनकारी संसद छिर्दा त्यति खेर निलम्बन भएको प्रहरीको अहिले पनि निलम्बन फुकुवा भएको छैन ।’
‘एकदमै अन्तिम चरणमा बल प्रयोग भएको भन्ने लाग्छ मलाई । भाइटल ईन्स्टलेशन बसेको टोलीले बाध्यात्मक अवस्था आएर बल प्रयोग गरेको हो भन्ने लाग्छ मलाई,’ खापुङ्गले भने, ‘बाहिरको भिड नियन्त्रणको लागि जो डिउटी खटिएको थियो त्यसले निर्मम बल प्रयोग गरेको अवस्था छैन । त्यो दिन मृत्यु भयो । ठूलो संख्यामा हताहती भयो । त्यसमा म क्षमाप्रार्थी छु । दुःखी छु ।’
आईजीपी खापुङ्गले भने, ‘त्यहाँ प्रहरीले धेरै गोली प्रहार गरेको छ । प्रहरीले मान्छे मार्न खोजेकै भए प्रशस्त संख्या मान्छे मर्ने थियो । भिडमा मान्छे मार्ने इन्टेन्सन राखेको भए धेरै मान्छे हताहती हुन सक्ने अवस्था रहन्थ्यो ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया