भदौ २४ गते प्रहरीको हतियार लुटेर लैजाने धमला पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले काठमाडौंको तारकेश्वर नगरपालिका–११ बाट स्वचालित हतियार र पेस्तोलसहित शिवराज धमलालाई पक्राउ गरेको छ ।

कैलालीको टीकापुर नगरपालिका वडा नं. १ का निवासी धमलालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । धमला सेयरिङ राइडर रहेको खुलेको प्रहरीले बताएको छ ।

धमलाबाट प्रहरीले स्वचालित इन्सास हतियार, सर्टगन र पेस्तोल बरामद भएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताए ।

बरामद भएका हतियारहरू भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा सुरक्षाकर्मीबाट लुटिएको बताइएको छ ।

जेनजी आन्दोलनको बेला प्रहरीका मात्रै १ हजार २७१ हतियार आन्दोलनकारहरूले लुटेका थिए । ५ सयभन्दा बढी हतियार अझै बेपत्ता छन् ।

Published : Wednesday, 2025 November 5, 6:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया