सिंहदरबार, संसद् भवन र प्रहरी वृत्त जलाउन संलग्न शिवम् चौधरीलाई पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सिंहदरबार परिसरमा र आसपासका क्षेत्रमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न १८ वर्षीय शिवम् चौधरी यादवलाई पक्राउ गरेको छ ।

धनुषाको बटेश्वर गाउँपालिका–५ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–३ बस्दै आएका शिवमलाई पक्राउ गरेको मंगलबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

शिवमले सिंहदरबार, संसद् भवन र प्रहरी वृत्त बानेश्वरको भवन तथा सवारी साधन तोडफोड र आगजनी गरेका थिए । शिवमले प्रहरीको युनिफर्म र ट्राफिक पुलिसको ह्वील लक समेत लुटेर दुरुपयोग गरेको खुलेको छ ।

भिडियो प्रमाणअनुसार उनले सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई दुव्र्यवहार गरेको र भिडलाई आक्रमणका लागि उत्तेजित गर्ने अभिव्यक्ति दिएको पनि खुलेको छ ।

Published : Tuesday, 2025 November 4, 7:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया