भारतलाई एकदिवसीय विश्वकप महिला क्रिकेटको उपाधि
मुम्बई । भारतीय महिला क्रिकेट टोलीले एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ ।
आइतबार भारतको मुम्बईमा सम्पन्न फाइनलमा दक्षिण अफ्रिकालाई ५२ रनले हराउँदै भारतले पहिलोपटक उपाधि जितेको हो ।
भारतले दिएको २९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४५.३ ओभरमा २४५ रनमा अलआउट भयो । कप्तान लाउरा वुल्भार्डले शतक बनाएपनि जितका लागि पर्याप्त हुन सकेन ।
वुल्भार्डले ९८ बलमा १०१ रन बनाएर ४२औं ओभरमा आउट भएपछि दक्षिण अफ्रिकालाई झट्का लागेको थियो । एनरी डर्कसनले ३५ रन बनाइन् । वुल्भार्डलाई अर्को इन्डबाट राम्रो साथ नमिल्दा दक्षिण अफ्रिका पहिलो उपाधि जित्नबाट चुक्यो ।
भारतका लागि दीप्ति शर्माले ५ विकेट लिइन् । शफाली वर्माले २ तथा श्री चरनीले १ विकेट लिइन् ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले ५० ओभरमा ७ विकेट गुमाएर २९८ रन बनाएको थियो ।
ओपनर शफाली वर्माले सर्वाधिक ८७ रन बनाइन् भने दीप्ति शर्माले ५८ रन बनाइन् । स्मृति मन्धानाले ४५ रन बनाइन् ।
दक्षिण अफ्रिकाका लागि आयाबोङ्गा खाकाले ३ विकेट लिइन् भने नोकुलेलो मलाबा, नदीन डे क्लर्क र क्लोए टायरनले १–१ विकेट लिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया