पूर्वकप्तान खड्का राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं । पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा हरि खड्कालाई नियुक्त भएका छन् ।

शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले खड्कालाई मुख्य प्रशिक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो । एन्फाले बंगलदेशविरूद्धको मैत्रीपूर्ण खेल र एएएफसी एसियन कप छनोटको खेलका लागि खड्कालाई मुख्य प्रशिक्षक तोकिएको छ ।

यसअघि मुख्य प्रशिक्षक म्याट रसले पदबाट राजीनामा दिएका थिए । एसियन कप छनोटमा नेपालले लगातार चार हारसँगै बाहिएसँगै उनले पद त्यागेका थिए ।

राष्ट्रिय टोलीका पूर्वकप्तान तथा फरवार्ड खड्काले अब आगामी कात्तिक २७ गते बिहीबार नेपाल र बंगलादेशबीच फिफा विन्डोमा अन्तर्राष्ट्रिय खेलबाट नेपाली टोली सम्हाल्नेछन् ।

Published : Friday, 2025 October 31, 5:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया