भदौं २४ गते लुटिएको प्रहरीको पेस्तो बिक्री गर्ने र किन्ने ५ जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले भदौ २४ गते लुटिएको पेस्तोल किनबेच गर्न खोज्ने पाँच जनालाई पक्राउ गरेको जनाएको छ ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले एउटा पेस्तोल, एउटा म्याग्जिन र १५ वटा गोलीसहित पाँच जनालाई पक्राउ गरेको एसपी पवन भट्टराईले शुक्रबार जानकारी दिएका छन् ।
भदौ २४ गते प्रहरीको कार्यालयबाट लुटपाट गर्नेमा धादिङको धुनीबेशी गाउँपालिका घर भई काठमाडौं बस्ने २१ वर्षीय कृष्ण गुरूङ छन् । उनलाई पक्राउ गरेपछि पेस्तोल बेचिसकेको खुलेको थियो ।
गुरुङले काठमाडौंको भगवान पाउँस्थित जर्मन क्वाटर बस्ने २५ वर्षीय राजन देउलासँग मिलेर भदौ २४ गते पेस्तोल लुटेका थिए । उनीहरू दुई जनाले पेस्तोल बेच्नलाई वर्षीय २४ को अकबर खानलाई दिएको प्रारम्भीक बयानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।
अकबरले भने बिजेश्वरी बस्ने २६ वर्षीय सुमिन शाक्यलाई बेचेको र क्षेत्रपाटी बस्ने ३८ वर्षीय प्रभात मल्लले अन्तिममा किनेको देखिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया