देउवा बाँचेकोमा धेरैलाई खुशी लागेको छैन होला, त्यो कुटाइ हाम्रो टाउकोले पनि खान सक्छ
दिलनिशानी मगर
लिबियाका पूर्व शासक मुअम्मर गद्दाफीलाई निर्मम ढंगले मारिएको थियो । तर, आज लिबियालीहरूले ठूलो पछुतो मानिरहेका छन् । सद्दाम हुसेनलाई झुण्डाएर मारिएको थियो । तर, आज इराकी जनताहरूले गलत गरियो भन्दै अल्लाह पुकारिरहेका छन् ।
शेरबहादुर देउवाले जसरी कुटाई खाएका थिए, त्यसरी त यिनी बाँच्दैनन् भन्ने लागेको थियो । तर, भाग्यवश बाँचे । देउवा बाँचेकोमा धेरैलाई खुशी लागेको छैन होला । तर, पञ्चायतले मार्न नसकेको, राजाले मार्न नसकेको, जेनजीले मार्न नसकेको एउटा घाइते आज मनभरि पीडा बोकेर उपचारका लागि विदेश गएका छन् । धेरै नकरात्मक प्रचार नगरौं ।
अहिलेको मास लिट्रेसी आवश्यक परेको नेपाली समाजले तत्कालै ली क्वान यू, महाथिर मोहम्मद र शेख मोहम्मद बिन राशिद अल मकतूम जन्माउने कुनै सम्भावना देखिएको छैन । जसरी डिस्कोर्ड एप्सले सुशीला कार्कीको सरकार जन्माई दियो, त्यसरी नै झाङ यिमिङ, मार्क जुकरबर्ग, एलोन मस्क, नील मोहन, एडम मोसेरीहरूले नेपालको हरेक कुना–कुनामा, चोकचोकमा आक्रमक मिलिट्यान्स जन्माई दिएका छन् । समूह समूहका मिलिट्यान्सहरू । आज देउवाको टाउकोले खाएको कुटाई भोलि हाम्रो टाउकोले खाने दिन पनि आउन सक्छ ।
अर्जुनको पुत्र अभिमन्यू मात्र १६ वर्षको जवान थियो । उसले चक्रव्यूहभित्र पस्ने तर, बाहिर निस्कने उपाय नजानेको कारण, कुरु पक्षका वीरहरूले उसमाथि एकैसाथ आक्रमण गरे । दुर्योधन, द्रोणाचार्य, कर्ण, कृपाचार्य, अश्वत्थामा र जयद्रथले युद्धको नियम तोडी बालक अभिमन्यूलाई निर्दयपूर्वक मारे । युद्धपछि तीमध्ये धेरै वीरहरू, विशेषतः कर्ण र कृपाचार्यले, अभिमन्यूमाथि अन्यायपूर्ण व्यवहार भएको महसुस गरे र पछुतो व्यक्त गरे । कर्णले पनि भनेका थिए, “यो बालक वीर थियो । तर, हामीले धर्मविपरीत उसमाथि प्रहार ग¥यौं ।”
अफ्ठ्यारो स्थितिमा गुज्रिएका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई शीघ्र स्वास्थ्य लाभको कामना ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया