भदौ २४ गतेको अपराधमा संलग्न भारतीयसहित थप १५ जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयहरूमा आगजनी, तोडफोड, चोरी तथा लुटपाटमा संलग्न थप १५ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं प्रहरीका एसपी पवनकुमार भट्टराईद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिअनुसार विभिन्न १५ जना व्यक्तिहरूलाई हतियार र अन्य सामग्रीसहित पक्राउ गरिएको उल्लेख छ ।
पक्राउ पर्नेमा महोत्तरीको बर्दिबास–५ २५ वर्षीय सुन वाइवा, दोलखाको मेलुङ गाउँपालिका–का २४ वर्षीय युवराज भण्डारी, कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का २५ वर्षीय अनिल बुढा, गोरखाको आजिरकोट गाउँपालिका–५ का २१ वर्षीय निखिल भुजेल रहेका छन् ।
भारतको राजस्थान प्रदेश जयपुर ग्राम पञ्चायतका २४ वर्षीय सोयव खान, कञ्चनपुरको हेन्द्रनगर औठपुरका २० वर्षीय विकाश आग्री, दोलखाको शैलुङ गाँउपालिका–८ का २१ वर्षीय तीर्थमान तामाङ, मकवानपुरको बकैया गाउँपालिका–१ का २७ वर्षीय राजेश तामाङ, काठमाडौंको नागार्जुन नगरपालिका–८ का ३२ वर्षीय मोहन तामाङ, नुवाकोटको ककनी गाउँपालिका–१ का ३१ वर्षीय सुवाष तामाङ पनि पक्राउ परेका छन् ।
सिन्धुलीको सुनकोसी गाउँपालिका–१ का २५ वर्षीय सुचेन तामाङ, काभ्रेको धुलिखेल नगरपालिका–११ का ४१ वर्षीय सुवाष गोतामे, कञ्चनपुरको बेलौरी नगरपालिका–१ का २७ वर्षीय भुवन शाही, सिन्धुपाल्चोकको इर्खु गाउँपालिका–१ का २९ वर्षीय सविन राई र महोत्तरीको लोहरपट्टी गाउँपालिका–७ का २४ वर्षीय गोविन्दकुमार ठाकुरलाई पक्राउ गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
उनीहरू सबैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको एसपी भट्टराईले जानकारी दिएका छन् । भदौ २४ गतेको अपराधमा संलग्नहरूको खोजी गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी प्रमुख (एआईजी) दानबहादुर कार्कीले मातहतलाई कडा निर्देशन दिएका छन् ।

बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया