मुस्लिम नायिका साराद्वारा हिन्दु मन्दिरमा पूजाअर्चना

मुम्बई । बलिउड अभिनेत्री सारा अली खानले रुद्रनाथ धाममा पूजाअर्चना गरेकी छिन् ।

सारा निधारमा चन्दनको लेप लगाएर शिवभजन गाउँदै गरेको तस्बिरमा देखिएकी छिन् । तस्बिरमा देखिएका साराका दृश्यहरूले प्रशंसा पाइरहेका छन् ।

तीन दिनको यात्राका क्रममा साराले कुनै पनि भीआईपी सुविधा उपयोग गरेकी थिइनन् । साराले साधारण तीर्थयात्रीझैं पैदल यात्रा गरिन्, बाटोमा भेटिएका मानिसहरूसँग कुरा गरिन् र गाउँघरको जीवनलाई नजिकबाट अनुभूत गरिन् ।

सामाजिक सञ्जालमा उनका तस्बिरहरू भाइरल बनेका छन् । धेरैले उनको भक्तिभाव र सरल व्यवहारको प्रशंसा गरेका छन् ।

सारा अली खान मुस्लिम परिवारकी सदस्य हुन् । साराका पिता अभिनेता सैफ अली खान र आमा अमृता सिंह हुन् । यसअघि पनि सारा विभिन्न हिन्दू तीर्थस्थलहरू काशी, उज्जैन, र केदारनाथ पुगेकी छन् ।

भारतमा कलाकारहरूले धार्मिक सीमाभन्दा माथि उठेर श्रद्धा प्रकट गर्ने क्रम बढ्दो छ । साराको यो रुद्रनाथ भ्रमण पनि त्यसको उदाहरणका रूपमा हेरिएको छ ।

Published : Saturday, 2025 October 18, 8:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया