गायिका टेलर स्विफ्टको एल्बम रेकर्ड तोड्दै शीर्षस्थानमा

लस एञ्जलस । गायिका टेलर स्विफ्टको नयाँ एल्बम ‘द लाइफ अफ अ शोगर्ल’ले बिलबोर्डको रेकर्ड तोड्दै शीर्षस्थान कब्जा गरेको छ ।

चार्ट कम्पनीका अनुसार स्विफ्टको १५ औं एल्बमले ४.००२ मिलियन बराबरका एल्बम युनिट्ससँग डेब्यू गरेको थियो । यो अहिलेसम्मकै उच्च संख्या हो । ‘द लाइफ अफ अ शोगर्ल’ले ३४ लाख ७९ हजार ५०० शुद्ध एल्बम बिक्री गरेको छ । जसमध्ये १.३ मिलियन एल्बमको भिनिल प्रतिलिपिहरू छन् ।

स्विफ्टले एल्बम बिक्रीमा पपस्टार एडेललाई पनि उछिनेकी छन् । सन् २०१५ मा एडेलको एल्बमले ३.४८२ मिलियन युनिटको पहिलो हप्ताको बिक्री रेकर्ड राखेको थियो । ‘द लाइफ अफ अ शोगर्ल’ अमेरिकामा एकै हप्तामा ४० लाख युनिटभन्दा बढी युनिट कमाउने इतिहासको पहिलो एल्बम हो ।

‘द लाइफ अफ अ शोगर्ल’ सँगै, स्विफ्ट ‘बिलबोर्ड २००’ मा १५ नम्बर एल्बम स्कोर गर्ने इतिहासमा पहिलो एकल कलाकार बनेकी छिन् । सन् १९५६ मा ‘बिलबोर्ड २००’ साप्ताहिक रूपमा प्रकाशन गर्न थालेदेखि उनीसँग दोस्रो सबैभन्दा धेरै नम्बर १ एल्बम छन् र उनीभन्दा अगाडि द बीटल्स (१९ नम्बर १) मात्र छ ।

यस हप्ताको ‘हट १००’ मा शीर्ष १२ गीत ‘द लाइफ अफ अ शोगर्ल’का गीतले ओगटेका छन् । स्विफ्टले यसअघि सन् २०२२ मा ‘मिडनाइट्स’ र सन् २०२४ मा ‘द टर्चर्ड पोएट्स डिपार्टमेन्ट’मार्फत शीर्ष १० मा स्थान बनाएकी थिइन् । इतिहासमा अन्य कुनै पनि कलाकारले यो एक पटक पनि गर्न सकेका छैनन् ।

Published : Friday, 2025 October 17, 9:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया