नेपाललाई आइसिसी टी–२० विश्वकप छनोटको उपाधि
काठमाडौं । नेपालले आइसिसी टी–२० विश्वकप एसिया एन्ड इपिए छनोटको उपाधि जितेको छ ।
अपराजित रहँदै नेपाल च्याम्पियन बनेको छ । नेपालले शुक्रबार ओमानमा सकिएको प्रतियोगिताको अन्तिम खेलम समोआलाई १२४ रनले पराजित गरेको हो ।
नेपालले सन् २०१८ अक्टोबरमा आइसिसीको पछिल्लो उपाधि जितेको थियो । त्यतिबेला नेपालले मलेसियामा भएको आइसिसी टी–२० इस्टर्न उपक्षेत्रीय छनोट ‘बी’ को उपाधि हात पारेको थियो । यो नेपालले आइसिसीको उपाधि जितेको पाँचौ उपाधि थियो । उपाधिसँगै नेपालले आइसिसीको छैटौं उपाधि हात पारेको छ ।
छनोटबाट नेपालसहित आयोजक ओमान र युएईले सन् २०२६ को फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा स्थान बनाए । प्रतियोगितामा उत्कृष्ट लयमा रहदा नेपालले ६ खेल जित्यो । नेपालले समूह चरणमा कुवेत र जापानलाई हराएको थियो । सुपर–६ मा युएई र कतारलाई हराएसँगै नेपाल विश्वकपमा पुगेको थियो । त्यसपछि घरेलु टोली ओमानलाई हराएको नेपाल उपाधि नजिक पुगेको थियो ।
सन् २०१८ पछि नेपालले आइसिसी विश्वकप लिग–२ सहित टी–२० विश्वकपको तीन पटक छनोट खेल्यो । इस्टर्न उपक्षेत्रीय छनोट जितेको नेपालले सन् २०१९ मा सिंगापुरमा भएको एसिया छनोट खेल्यो । नेपाल तेस्रो हुँदै ग्लोबल क्वालिफायरमा पुग्नै सकेन ।
२०२२ को फेब्रुअरीमा भएको आइसिसी टी–२० छनोटमा नेपाल सेमिफाइनलमा हारेको थियो । ओमानमा भएको छनोटमा नेपाल युएईसँग पराजित भएपछि विश्वकपमा पुग्न सकेन ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया