मुख्यमन्त्री बानियाँले आफ्नै सेवासुविधाबाट बनाइदिएको नयाँ घरमा मीठ्ठुमायाँले तिहार मनाउने
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले आफूले पाउने सेवा सुबिधाबाट निर्माण गरिदिएको घर मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरे निवासी मीठुमायाँ सुनारलाई हस्तान्तरण गर्न लागेका छन् ।
मुख्यमन्त्री बानियाँको व्यक्तिगत पहलमा निर्माण गरिएको घर हस्तान्तरणसँगै मीठुमायाँ अब आफ्नै घरमा बस्नेछिन् । नेपालीहरूको महान पर्व तिहारको अवसरमा कार्तिक २ गते बानियाँले मीठुमायाँ सुनारलाई घर हस्तान्तरण गर्नेछन् ।
मुख्यमन्त्री बानियाँले आफ्नो निर्वाचन क्षेत्रको राक्सीराङ्ग गाउँपालिका– १ ईन्द्रुङ्गका सुमनसिं चेपाङको अर्को घरसमेत द्रुतगतिमा निर्माण भइरहेको छ । कात्तिक महिनाभित्र सम्पन्न गरी नयाँ घर चेपाङलाई हस्तान्तरण गरिनेछ ।
मुख्यमन्त्री बानियाँले यसअघि पनि मकवानपुरको बकैया गाउँपालिका–५, गरगरेमा आगलागीबाट घर गुमाएका पीडितलाई १ लाख रुपियाँ व्यक्तिगत सहयोग गरेका थिए ।
बानियाँ नेतृत्वको पहिलो मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्रीले आफूले पाउने तलब, भत्ता र आफ्नो सचिवालयलाई प्राप्त अन्य सेवासुविधा कटौती गर्दै विपन्न परिवारको घर निर्माणमा खर्चिने घोषणा गरेका थिए ।
बागमती प्रदेश सरकारले प्रदेशभरिका आर्थिक रुपमा पछाडि परेका जेहेन्दार विद्यार्थीलाई मेडिकल शिक्षा अध्ययनका लागि पूर्ण छात्रवृत्ति दिने निर्णयसमेत गरेको छ ।
यसअघिनै चेपाङ, दलित, बोटे, जिरेल, हायु, वनकरियालगायत अति विपन्न र सिमान्तकृत समुदायका लागि गाँस, बास र कपासको सुनिश्चितता गर्न उच्च प्राथमिकताका साथ नीतिगत व्यवस्था गरिने निर्णयसमेत मुख्यमन्त्री बानियाँले गराएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया