अख्तियारद्वारा सांसद कुशवाहसहित १६ जनाविरुद्ध ३८ लाख भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनता समाजवादी पार्टी, नेपाल (जसपा)का मधेश प्रदेश सभा सदस्य (सांसद) सरोजकुमारसिंह कुशवाहसहित १६ जनाविरूद्ध विशेष अदालत, काठमाडौंमा ३८ लाखभन्द धेरै भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता गराएको छ ।

बिहीबार अख्तियार आयोगले सांसद कुशवाहसहित १६ जनाविरूद्ध विशेष अदालतमा अभियोग पत्र दायर गरेको हो । उनीहरूलाई विभिन्न उपभोक्ता समितिहरू गठन गरी भ्रष्टाचार गरेको आरोपसहित मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जसपा नेपालका सांसद कुशवाहासहित धर्मशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष यमुनाप्रसाद महतो र कोषाध्यक्ष कौशिल्या देवी, निमार्ण उपभोक्ता समितिका अध्यक्ष योगिन्दर महतो र कोषाध्यक्ष सुनयना कुमारी, अधुरो कमलामाई मन्दिर र मालतमाईस्थानको कम्पाउन्ड वाल निर्माण उपभोक्ता समितिको अध्यक्ष रामानाथ सहनी, कोषाध्यक्ष स्वीकृतीदेवी भन्ने स्विकृती देवीविरूद्ध मुद्दा दायर भएको छ ।

माईस्थान मन्दिरको सौन्दर्यकरण उपभोक्ता समितिको अध्यक्ष रामशरण खत्वे र कोषाध्यक्ष विभा देवी खत्वे, कञ्जनियमाई मन्दिर सौन्दर्यकरण निर्माण उपभोक्ता समितको अध्यक्ष रमेश मडर र कोषाध्यक्ष अमलेशकुमारी, देवी महारानी सौन्दर्यकरण निर्माण उपभोक्ता समितिको अध्यक्ष दिपाराज देवी राजपुत र कोषाध्यक्ष भिखारी राउत कुर्मी, लक्ष्मीनीयासम्म माटो ग्राभेल निर्माण उपभोक्ता समितिका अध्यक्ष भुपेन्द्रकुमार झा, भुपेन्द्रकुमार झा, शम्भुकुमार मण्डल र मञ्जुदेवी पासमानविरूद्ध मुद्दा दर्ता भएको अख्तियारले जनाएको छ ।

विभिन्न उपभोक्ता समितहरूको खातामा जम्मा भएको कुल रकमको २८ प्रतिशत अर्थात ३८ लाख बराबरको रकम सांसद सिंहले भ्रष्टाचार गरेको आरोपपत्रमा उल्लेख छ । उनीसँग सोही रकम बराबरको बिगो माग गरिएको छ ।

000

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

टङ्गाल, काठमाडौँ।

मिति: 2082।0६।30 गते।

प्रेस विज्ञप्ति

विषय:  जिल्ला महोत्तरी क्षेत्र नं ४ख बाट निर्वाचित मधेश प्रदेश सभा सदस्य सरोज कुमार सिंहसमेत 16 जना उपर घुस/रिसवत लिई/दिई भ्रष्टाचार गरेको सम्बन्धी कसुरमा आरोपपत्र दायर गरिएको।

जिल्ला महोत्तरी क्षेत्र नं. ४(ख) बाट निर्वाचित मधेश प्रदेश सभा सदस्य मा. सरोज कुमार सिंह समेतले बिभिन्न उपभोक्ता समितिहरु गठन गरी उक्त उपभोक्ता समितिको खाताहरुमा जम्मा/दाखिला भएको रकम आफ्नो स्वकीय सचिव बिनोद कुमार लाल कायस्थ मार्फत झिकि झिक्न लगाई उक्त रकम आफ्नो र श्रीमतीको नाममा रहेको संयुक्त खातामा जम्मा/दाखिला गरी गर्न लगाई साथै, निजको स्वकीय सचिव बिनोद कुमार लाल कायस्थ समेतको खातामा रकम जम्मा गरी गराई घुस रिसवत लिई दिई भ्रष्टाचारजन्य कार्य गरेको भन्ने व्यहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा मधेश प्रदेश, प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र विकास कार्यक्रम (प्रदेश संसदीय विकास कोष) अन्तर्गत आर्थिक वर्ष २078/79 को बार्षिक बजेटमा विनियोजन भएको रकमबाट मधेश प्रदेश, महोत्तरी जिल्ला क्षेत्र नं. ४(ख) अन्तर्गतका रामगोपालपुर नगरपालिका, मनराशिसवा नगरपालिका र सम्सी गाउँपालिकाका विभिन्न वडाहरुमा विकास योजनाहरु संचालन गर्नको लागि गठन भएका उपभोक्ता समितिहरु “देवी माहारानी सौन्दर्यकरण उपभोक्ता समिति,  मनराशिसवा न.पा. वडा नं. २ कट्टी, रधवा पिपल गुरुकुल एकडेमी हुँदै अनहेरभाटस्थानसम्मको सडक स्तरोन्नति कार्य उपभोक्ता समिति, सम्सी गा.पा. वडा नं. ५ संग्रामपुर, अधुरो कमलामाई मन्दिर निर्माण तथा मालतमाई स्थानको कम्पाउन्डवाल निर्माण उपभोक्ता समिति,  मनराशिसवा न.पा.वडा नं. ७, कञ्चनियामाई मन्दिर सौन्दर्यकरण निर्माण उपभोक्ता समिति रामगोपालपुर -५, कन्चनपुर, माइस्थान मन्दिरको सौन्दर्यकरण निर्माण उपभोक्ता समिति, रामगोपालपुर न.पा.वडा नं. ८, हरिणमरी, रधवा पिपल चौकदेखि वडा नं. ७ सहसौलासम्म साथै अनहेरभाट स्थान देखि जनता प्रा.बि. हुँदै लक्ष्मीनीयासम्म माटो ग्रेभल निर्माण उपभोक्ता समिति, सम्सी गा.पा. ४, गौढा, धर्मशाला निर्माण कार्य उपभोक्ता समिति,, मनराशिसवा न.पा.वडा नं. ७ र धर्मशाला एवं रामनारायण महतोको घरदेखि रामबृक्ष महतोको गाछीसम्म बाटो स्तरोन्नति उपभोक्ता समिति रामगोपालपुर न.पा वडा नं. ४” को लागि विनियोजन भई सो उपभोक्ता समितिहरुको नाममा साविकको लक्ष्मी बैंक हाल लक्ष्मी सनराइज बैंक लि. मा रहेको खातामा जम्मा भएको कूल रकम रू.१,३६,२७,४८१।– (एक करोड छत्तीस लाख सत्ताईस हजार चार सय एकासी  रुपैयाँ) मध्ये प्रतिवादी सरोज कुमार सिंहले प्रयोग प्रचलन गर्दै गरेको निज सरोज कुमार सिंह र निजको श्रीमती सरिता कुमारी महतो सिंहको नाममा सोहि बैंकमा रहेको संयुक्त खाता नं. १२९२०००७२२१ मा रु.३८,५०,३१९।-(अड्तीस लाख पचास हजार तीन सय उन्नाईस रुपैयाँ) अर्थात औषतमा २८।२५% (प्रतिशत) को दरले कमिसन भनी घुस रिसवत लिए दिएको (Flow Chart यसै साथ संलग्न छ) र उक्त रकम प्रयोग प्रचलनमा समेत ल्याएको स-प्रमाण पुष्टि भएको हुँदा प्रतिवादीहरु सरोज कुमार सिंह, रमेश मडर, अमलेश कुमारी, दिपाराज देवी राजपुत, भिखारी राउत कुर्मी, भुपेन्द्र कुमार झा, मन्जु देवी पासमान, रामनाथ सहनी, स्वीकृती देवी भन्ने स्विकृती देवी, रामशरण खत्वे, बिभा देवी खत्वे, शम्भु कुमार मंडल, योगिन्द्रर महतो, सुनयना कुमारी, यमुना प्रसाद महतो र कौशिल्या देवीसमेतको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 3 बमोजिमको कसूरजन्य कार्य भएको हुँदा देहायका प्रतिवादीहरू उपर देहाय बमोजिमको कसूरमा देहाय बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।

देहाय

सि.नं.प्रतिवादीबिगो रु.कसुर तथा सजायको मागदाबी
जिल्ला महोत्तरी क्षेत्र नं ४(ख) बाट निर्वाचित मधेश प्रदेश सभा सदस्य तथा मधेश प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका पूर्व राज्यमन्त्री मा. सरोज कुमार सिंहरु.३८,५०,३१९।-भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (1) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) को देहाय (छ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम कैद र भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना सजाय गरी लिइसकेको घुस रिसवत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) तथा भ्रष्टाचार निवारण ऐन, 2059 (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१क) बमोजिम जफत हुन, साथै भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 24 बमोजिम थप सजाय हुन मागदाबी लिइएको छ।
धर्मशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष यमुना प्रसाद महतोकोषाध्यक्ष कौशिल्या देवी    रु.१,८५,२६०।-  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (3) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (३) ले निर्देश गरे बमोजिम भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम विगो जरिवाना सजाय हुने गरी दिइसकेको घुस रिसवत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) तथा भ्रष्टाचार निवारण ऐन, 2059 (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१क) बमोजिम जफत हुन मागदावी लिइएको छ।
धर्मशाला एवं रामनारायणको घरदेखि रामबृक्षको गाछीसम्म निर्माण उपभोक्ता समितिको अध्यक्ष  योगिन्दर महतोकोषाध्यक्ष सुनयना कुमारीरु.६,५७,७००।-भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (3) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३)  ले निर्देश गरे बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ङ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम विगो जरिवाना सजाय हुने गरी दिइसकेको घुस रिसवत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) तथा भ्रष्टाचार निवारण ऐन, 2059 (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१क) बमोजिम जफत हुन मागदाबी लिइएको छ।
अधुरो कमलामाई मन्दिर र मालतमाईस्थानको कम्पाउण्ड वाल निर्माण उपभोक्ता समितिको अध्यक्ष राम नाथ सहनीकोषाध्यक्ष स्वीकृती देवी भन्ने स्विकृती देवीरु.2,14,350।-भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (3) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (३)  ले निर्देश गरे बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम विगो जरिवाना सजाय हुने गरी दिइसकेको घुस रिसवत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) तथा भ्रष्टाचार निवारण ऐन, 2059 (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१क) बमोजिम जफत हुन मागदावी लिइएको छ।
माईस्थान मन्दिरको सौन्दर्यकरण उपभोक्ता समितिको अध्यक्ष राम शरण खत्वेकोषाध्यक्ष बिभा देवी खत्वेरु.१,५०,०००।-भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (3) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) ले निर्देश गरे बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संसोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम विगो जरिवाना सजाय हुने गरी दिइसकेको घुस रिसवत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) तथा भ्रष्टाचार निवारण ऐन, 2059 (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१क) बमोजिम जफत हुन मागदाबी लिइएको छ।
कञ्चनियामाई मन्दिर सौन्दर्यकरण निर्माण उपभोक्ता समितिको अध्यक्ष रमेश मडरकोषाध्यक्ष अमलेश कुमारीरु.१,५१,४००।-भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (3) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) ले निर्देश गरे बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम विगो सजाय जरिवाना हुने गरी दिइसकेको घुस रिसवत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) तथा भ्रष्टाचार निवारण ऐन, 2059 (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१क) बमोजिम जफत हुन मागदाबी लिइएको छ।
देवी महारानी सौन्दर्यकरण निर्माण उपभोक्ता समितिको अध्यक्ष दिपाराज देवी राजपुतकोषाध्यक्ष भिखारी राउत कुर्मीरु.२,९७,७९४।-भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (3) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (३)  ले निर्देश गरे बमोजिम भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम विगो सजाय जरिवाना हुने गरी दिइसकेको घुस रिसवत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) तथा भ्रष्टाचार निवारण ऐन, 2059 (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१क) बमोजिम जफत  हुन मागदावी लिइएको छ।
रधवा पिपलदेखि सहसौला अनेरभाट देखि जनता प्रा.वि. हुँदै लक्ष्मीनीयासम्म माटो ग्राभेल निर्माण उपभोक्ता समितिका अध्यक्ष भुपेन्द्र कुमार झारु.१८,९१,९००।-भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (3) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (३) ले निर्देश गरे बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (च) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम विगो सजाय जरिवाना हुने गरी दिइसकेको घुस रिसवत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) तथा भ्रष्टाचार निवारण ऐन, 2059 (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१क) बमोजिम जफत हुन मागदाबी लिइएको छ।
रधवा पिपलहुँदै अनहेरभाट स्थानसम्म सडक स्तरोन्नती निर्माण उपभोक्ता समितिका अध्यक्ष  शम्भु कुमार मण्डलरु.३,०१,९१५।-भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (3) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (३) ले निर्देश गरे बमोजिम भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम विगो सजाय जरिवाना हुने गरी दिइसकेको घुस रिसवत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) तथा भ्रष्टाचार निवारण ऐन, 2059 (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१क) बमोजिम जफत हुन मागदाबी लिइएको छ।
10रधवा पिपलदेखि सहसौला अनेरभाट देखि जनता प्रा.वि. हुँदै लक्ष्मीनीयासम्म माटो ग्राभेल निर्माण उपभोक्ता समिति र रधवा पिपलहुँदै अनहेरभाट स्थानसम्म सडक स्तरोन्नती निर्माण उपभोक्ता समितिको कोषाध्यक्ष मन्जु देवी पासमानरु.21,93,815।–भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (3) बमोजिमको कसुरमा  भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (३) ले निर्देश गरे बमोजिम भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) को देहाय (च) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम विगो सजाय जरिवाना हुने गरी दिइसकेको घुस रिसवत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) तथा भ्रष्टाचार निवारण ऐन, 2059 (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१क) बमोजिम जफत हुन मागदाबी लिइएको छ।

प्रवक्ता
राजेन्द्र कुमार पौडेल

Flow Chart

प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत योजनाहरु निर्माणका लागि उपभोक्ता समितिहरुको खातामा कुल रकम रु.१,३६,२७,४८१।– जम्मा भएको रकम मध्येबाट  प्रतिवादी  सरोज कुमार सिंहको निर्देशानुसार स्वकीय सचिव विनोद कुमार लाल कायस्थले २८।२५% ले हुने रकम  रु.३८,५०,३१९।- प्रतिवादी सरोज कुमार सिंह समेतको नाममा रहेको संयुक्त खातामा कमिसन/घुस रिसवत वापत उपभोक्ता समितिहरुबाट लिई जम्मा गर्न लगाएको ।
उपभोक्ता समितिहरुको बैंक खाता खोल्ने क्रममा प्रतिवादी सरोज कुमार सिंहले स्वकीय सचिव विनोद कुमार लाल कायस्थलाई निर्देशन दिई उपभोक्ता समितिका पदाधिकारीहरुलाई बैंकमा लगि आफैले लिखत तयार गरि खाता खोल्दा जम्मा गर्नु पर्ने न्यूनतम शुल्क रु.१००।- समेत आफैले जम्मा गरेको ।
प्रतिवादी सरोज कुमार सिंहको निर्देशनमा विनोद कुमार लाल कायस्थले पूर्वाधार विकास कार्यालयमा बुझाउनु पर्ने कागजातहरु आफैले तयार गरी भुक्तानी माग गरेको तथा सार्वजनिक खरिद नियमावली २०६४ को नियम ९७ विपरित उपभोक्ता समितिलाई योजनाहरुको काम नगराई प्रतिवादी सरोज कुमार सिंहले खटाई पठाएको कामदार मार्फत काम गरी गराई योजनाको कार्य सम्पन्न गरेको ।  
प्रतिवादी सरोज कुमार सिंहको निर्देशनमा विनोद कुमार लाल कायस्थले रकम भुक्तानी लिने व्यक्ति र मिति समेत नलेखि उपभोक्ता समितिका अध्यक्ष/कोषाध्यक्षलाई खालि चेकमा दस्तखत गर्न लगाई सो चेक नियन्त्रणमा लिई उ.स.को खातामा रकम दाखिला भए पश्चात विनोद कुमार लाल कायस्थले कमिसन स्वरुप प्राप्त घुस रिसवत रकम प्रतिवादी सरोज कुमार सिंह समेतको संयुक्त खातामा जम्मा गरेको । 
उपभोक्ता समितिहरुको खातामा जम्मा भएको कुल रकमको २८।२५% ले हुन आउने रकम रु.३८,५०,३१९।– प्रतिवादी सरोज कुमार सिंह समेतको नाममा रहेको संयुक्त खातामा विनोद कुमार लाल कायस्थले उपभोक्ता समितिको चेकबाट जम्मा गरेको ।
प्रतिवादी सरोज कुमार सिंहले प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत विनियोजित बजेट मार्फत संचालन भएको योजनाहरुको रकम उपभोक्ता समिति मार्फत कमिसनको रुपमा लिएको घुस रिसवत रकम प्रवाह
मधेश प्रदेश महोत्तरी जिल्ला क्षेत्र नं. ४ (ख) का प्रदेश सभा सदस्य माननीय सरोज कुमार सिंहको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र विकास कार्यक्रम मार्फत बजेट विनियोजन ।
प्रतिवादी सरोज कुमार सिंहको उपस्थिती र निर्देशनमा आफू अनुकुलका पदाधिकारीहरु चयन गरी उ.स. गठन गरेको तथा उ.स.को बैठकको निर्णय समेत स्वकीय सचिव विनोद कुमार लाल कायस्थलाई लेख्न लगाई तयार गर्न लगाएको ।

तालिका नं.१२

सि.नं.उपभोक्ता समितिसंयुक्त खातामा जम्मा भएको रकम रु.प्रतिशत
अधुरो  कमलामाई मन्दिर र मालतमाई स्थानको कम्पाउन्डवाल निर्माण उपभोक्ता समितिरु.२,१४,३५०।-२२।९९%
धर्मशाला निर्माण उपभोक्ता समिति रु.१,८५,२६०।-१२।७२%
देवी  माहारानी सौन्दर्यकरण निर्माण उपभोक्ता समितिरु.2,९७,७९४।-२२।९८%
माई स्थान मन्दिरको सौन्दर्यकरण निर्माण उपभोक्ता समितिरु.१,५०,०००।-२४।९९%
धर्मशाला  एवं रामनारायणको घर देखि रामवृक्षको गाछी सम्म निर्माण उपभोक्ता समितिरु.६,५७,७००।-२२।९९%
रधवा पिपल हुँदै अनहेरभाट स्थान सम्म सडक स्तरोन्नती निर्माण उपभोक्ता समितिरु.३,०१,९१५।-२६।२८%
कञ्चनियामाई मन्दिर सौन्दर्यकरण निर्माण उपभोक्ता समितिरु.१,५१,४००।-२४।९९%
रधवा  पिपल देखी सहसौला सम्म अनेहरभाट स्थान देखी जनता प्रा.वि. हुँदै लक्ष्मीनीया सम्म माटो ग्रेभल निर्माण उपभोक्ता समितिरु.१८,९१,९००।-४०%
जम्मारु.३८,५०,३१९।-२८।२५%
सि.नं.उपभोक्ता समितिउ.स.को खातामा जम्मा भएको रकम रु.
अधुरो  कमलामाई मन्दिर र मालतमाई स्थानको कम्पाउन्डवाल निर्माण उपभोक्ता समितिरु.९,३१,९९२।-
धर्मशाला निर्माण उपभोक्ता समिति रु.१४,५५,५६५।-
देवी  माहारानी सौन्दर्यकरण निर्माण उपभोक्ता समितिरु.१२,९५,७६०।-
माई स्थान मन्दिरको सौन्दर्यकरण निर्माण उपभोक्ता समितिरु.६,००,०६०।-
धर्मशाला  एवं रामनारायणको घर देखि रामवृक्षको गाछी सम्म निर्माण उपभोक्ता समितिरु.२८,५९,७७५।-
रधवा पिपल हुँदै अनहेरभाट स्थान सम्म सडक स्तरोन्नती निर्माण उपभोक्ता समितिरु.११,४८,८३७।-
कञ्चनियामाई मन्दिर सौन्दर्यकरण निर्माण उपभोक्ता समितिरु.६,०५,७४२।-
रधवा  पिपल देखी सहसौला सम्म अनेहरभाट स्थान देखी जनता प्रा.वि. हुँदै लक्ष्मीनीया सम्म माटो ग्रेभल निर्माण उपभोक्ता समितिरु.४७,२९,७५०।
कुल जम्मा रकमरु.१,३६,२७,४८१।-
Published : Thursday, 2025 October 16, 12:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया