शेरबहादुर देउवाको अन्तिम भाषण भन्नेको हैसियत

विजयप्रसाद मिश्र

गगनजी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पार्टी सभापतिको हैसियतले अन्तिम भाषण होइन । तपाईलाई उहाँको यो भाषण अन्तिम होस् भन्ने चाहना होला । १५ महाधिवेशनको उद्घाटन समारोहमा सभापतिको हैसियतले शेरबहादुर देउवाले अन्तिम पटक भाषण गर्नुहुनेछ । त्योभन्दा अगाडि धेरै पटक गर्नुहुन्छ ।

यसरी सालिन भएर थप उपचारका लागि बाहिर जाने क्रममा कार्यवाहक सभापति बनाएर गएको विषयलाई अन्तिम भाषण भनेकोले धेरै नेपाली कांग्रेसका कार्यकर्ताहरूको मन दुखेको छ । यो बोली फिर्ता लिनुहोस् । कि त महामन्त्री पदबाट राजीनामा दिनुहोस् ।

गगनजी, तपाई त भदौ २४ गते नै अन्तिम होस् भन्ने चाहना राख्ने मानिस हो । बालेनलाई मेयरमा जिताउन र कांग्रेसलाई मेयरमा हराउन गगनले खेलेको भूमिका विर्सिएका छैनन् । रवि लामिछानेलाई पार्टी खोल्न उक्साएर पछि म पनि आउनु परे आउला भनेर सांसद पदमा उठ्दा आफ्नो क्षेत्रमा घण्टीलाई न उठाएर देशभर घण्टीको माहौल बनाउन हौसाएको र पछि बौद्धिक गायक स्वर्णीम वाग्लेलाई घण्टीमा पठाएर आफै बोक्सी आफै झाँक्री बनेर स्वर्णिम वाग्लेलाई अप्रत्यक्ष रुपमा जीत्न भूमिका खेलेको भन्ने पनि थाहा छ ।

पूर्णबहादुर खड्का र बालकृष्ण खाणको आशीर्वादबाट महामन्त्रीमा सबैभन्दा बढी भोट ल्याएर जितेको पनि सबै कांग्रेसीलाई थाहा छ । त्यसैले शेरबहादुर देउवाको यो अन्तिम भाषण भनेर नखोक्नु होला । तपाई कुन विदेशी शक्तिको आडमा खोक्दै हुनुहुन्छ सबैले बुझेका छन् ।

फागुन २१ को चुनावभन्दा अगाडि नेपाली कांग्रेसको महाधिवेशन भयो भने पार्टीको चुनावको प्रतिस्पर्धाको रिस मेटिएको हुँदैन र अन्तर्घात बढी हुन्छ । अहिलेको विषम् परिस्थितिमा प्रतिनिधिसभाको निर्वाचनमा बढी भोट ल्याउने गरी सबै एक भएर जानुहोस् ।

एकथान सभापतिका लागि मंसिरमा महाधिवेशन भनेर रट नलगाउनुहोस् । गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाका पालामा के तोकिएकै समयमा महाधिवेशन भएको थियो ? आफू पार्टीमा सिन्को नभाँच्ने, सभापतिको बदनामीका लागि बढी समय खर्च गर्ने ? अनि आफूले चाँही महामन्त्री पदबाट राजीनामा दिनु पर्दैन ? जिताजागता सभापतिलाई अन्तिम भाषण भनेर नहिड्नुहोस् । चेतना भया ।

Published : Wednesday, 2025 October 15, 1:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया