मतभेद, द्वन्द्व, असहमति थाती राखेर देशलाई साक्षी राखेर एकतावद्ध हुनु पर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको एकता आजको आवश्यकता रहेको बताएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सम्बोधन गर्दै देउवाले भने, ‘देशमा संकट उत्पन्न भएको वर्तमान अवस्थामा हाम्रो बीचमा विद्यमान व्यक्तिगत वा समूहगत मतभेद, द्वन्द्व, असहमति सबैलाई थाती राखेर देशलाई साक्षी राखेर एकतावद्ध हुनु पर्दछ ।’

‘अहिले हाम्रा बीचमा व्यक्तिगत वा समूहगत रुची–अरुची, हित–अहित वा लाभहानीका सबै विषय गौण हुन्,’ सभापति देउवाले भने, ‘म सबै साथीहरूलाई आग्रह गर्न चाहन्छु – विषयवस्तुमा व्यापक छलफल गरौं, एकमतका साथ निर्णयमा पुगौं र ठोस ढंगले निर्णयको कार्यान्वयन गरौं ।’

Published : Tuesday, 2025 October 14, 7:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया