जेनजी प्रदर्शनमा पेस्तोल बोकेर आतंक मच्चाउने फ्रि तिब्बत ‘टीओबी’का नाइके पक्राउ
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले तिब्बतीयन ओरिजनल ब्लड (टीओबी) लेखिएको टिसर्ट लगाएर जेनजी प्रदर्शनमा त्रास फैलाउँदै उक्साहट गर्ने तेञ्जेन दावामाथि अनुसन्धानका लागि म्याद थप भएको छ ।
आफूलाई नेपाली नागरिक बताउने तिब्बतीयन मूलका दावासँग पेस्तोल जस्तो देखिने हतियार पनि बरामद भएको छ । दावालाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट अनुसन्धानको लागि म्याद थप गरिएको छ ।
दावामाथि अभद्र व्यवहार कसूरमा ६ दिन म्याद थप गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले विज्ञप्तिमार्फत जनाएको छ ।
जेनजी प्रदर्शनको क्रममा फ्रि–तिब्बत समर्थक समूह ‘टिओबी’ को टिसर्ट लगाएर पेस्तोल बोकेका दावाको घरबाट प्रहरीले पेस्तोल जस्तो देखिने हतियार बरामद गरेको थियो ।
जेनजी प्रदर्शनको क्रममा फ्रि–तिब्बत समर्थक समूह ‘टीओबी’को टिसर्ट लगाएर पेस्तोल बोकेका दावाको घरमा प्रहरीले छापामारेको छ । बौद्धस्थित दावाको घरबाट पेस्तोल जस्तो देखिने हतियार बरामद गरिएको काठमाडौं प्रहरीका एसएसपी रमेश थापाले बताए ।
बिजुली बजार पुलमा अर्का एकजना युवकले दिएको पेस्तोल दावाले कम्मरमा भिरेर बाइक चलाउँदै हिँडेको भिडियो सामाजिक सञ्जालमा देखिएको छ । भिडियोबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
दावालाई काठमाडौं प्रहरीले आइतबार साँझ पक्राउ गरेको थियो । दावा नेतृत्वको फ्रि तिब्बत समर्थक समूहले जेनजी प्रदर्शनका क्रममा घुसपैठ गरेर आगजनी, लुटपाट, हिंसा लगायतका गतिविधि गरेको आरोप छ ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया