सूर्य थापाले कांग्रेसमा के हैसियत छ गगन थापालाई स्मरण गराइदिए
काठमाडौं । एमालेका नेता सूर्यबहादुर थापाले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई आफ्नो औकातमा बस्न सचेत गराएका छन् ।
आइतबार महामन्त्री थापाले फेसबुकमा भिडियो सन्देश जारी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेतृत्व छाड्न चेतावनी दिएका थिए । त्यसको जवाफमा एमाले नेता सूर्य थापाले गगनलाई कांग्रेसको मात्रै चिन्ता गर्न सचेत गराएका हुन् ।
एमाले नेता सूर्य थापाले लेखेका छन्, ‘प्रिय गगन थापाजी, कांग्रेस पार्टीको मात्र चिन्ता गर्नुस् । मैले बुझ्दा तपाईं कांग्रेसको केन्द्रीय समितिमा ५ प्रतिशतको समर्थन र ९५ प्रतिशतको विरोधको हालतमा हुनुहुन्छ ।’
एमाले नेता सूर्य थापाले भने जस्तै महामन्त्री गगन थापा कांग्रेसको केन्द्रीय कार्यसमितिमा अल्पमतमा छन् । थापाको पक्षमा पाँच प्रतिशत जति केन्द्रीय सदस्यले साथ दिएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया