सिमरामा निःशुल्क स्वास्थ्य शिविर, दुई सय बिरामी लाभान्वित

वीरगञ्ज । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शनिबार सिमरास्थित अक्कलबहादुर कार्की अस्पतालको आयोजनामा स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविरमा नारायणी अस्पतालका डा.दीपक चौरसिया, न्यूरो सर्जन डा.सफरोज अन्सारी, छाला रोग विशेषज्ञ डा. अभिषेक सुमन, डा.फिरोज अनसरी र नेत्र रोग विशेषज्ञ डा.प्रभात चौरसियाले स्वास्थ्य परीक्षण भएको छ ।

स्वास्थ्य परीक्षणसँगै आवश्यक बिरामीहरूलाई निःशुल्क औषधि वितरण गरिएको डा. दीपक चौरसियाले जानकारी दिएका छन् । दिपावली तथा छठ पर्वको अवसरमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा दुई सयभन्दा बढीले स्वास्थ्य परीक्षण गराएका छन् ।

Published : Saturday, 2025 October 11, 8:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया