‘खुनी दरिन्दे’ ग्याङ पक्राउ, ‘गोल्डेन’ हत्याका आरोपीहरू २४ घण्टाभित्र पक्राउ
कृष्ण यादव
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय, पर्साले शिवम साह कानु ‘गोल्डेन’ हत्यामा संलग्न रहेको आशंकामा पाँच जनालाई पक्राउ गरेको छ ।
दशैँ मेलाको दिन वीरगञ्ज महानगरपालिका वडा नं. १० स्थित गीता मन्दिर नजिक खानको हत्या भएको थियो । मंगलबार राति कुटपिट हुँदा बाराको परवानीपुर–९ घर भई हाल वीरगञ्ज–१० बस्ने २० वर्षीय शिवम साह कानु ‘गोल्डेन’ गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको थियो ।
घटना लगत्तै परिचालित प्रहरी टोलीले हत्यामा संलग्न रहेको अभियोगमा पाँच जनालाई पक्राउ गरिएको पर्सा प्रहरीका प्रमुख (एसपी) सुदीपराज पाठकले बताए । हत्यामा संलग्नहरूको खोजीका लागि एसपी पाठक आफै खटिएका थिए । ‘खुनी दरिन्दे समूह’ले गोल्डेनको हत्या गरेको एसपी पाठकले बताए ।
मृतक साहको समूह र प्रतिपक्षी युवाहरूबीच विगतदेखि नै विवाद हुँदै आएको थियो । सोही रिसईबीका कारण उनलाई निशाना बनाई बाँसको लठ्ठी, हात–खुट्टा प्रयोग गरी कुटपिट गरी हत्या गरिएको प्रारम्भीक अनुसन्धानका क्रममा खुलेको एसपी पाठकले बताए ।
घटनामा संलग्न भएको आरोपमा वीरगञ्ज–२४ रामगढवा बस्ने १९ वर्षीय गौतम पटेल, २० वर्षीय शुभांकर चौरसिया, २२ वर्षीय करणप्रसाद पटेल उर्फ अमिरी पटेल, २४ वर्षीय चन्दन चौरसिया र १९ वर्षीय अमन पटवालाई प्रहरीले नियन्त्रणमा लिएको एसपी पाठकले बताए । हत्याको घटना लगत्तै उनीहरू वीरगञ्ज र भारतको सीमा नजिकको भिस्वा क्षेत्रबाट लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया