दलाई लामा निकटका विश्वेन्द्र पासवान शीर्ष नेताहरूविरुद्ध बुरुक्क उफ्रिए

काठमाडौं । तिब्बती निर्वासित नेता दलाई लामा निकट मानिने पूर्वमन्त्री एवम् बहुजन शक्ति पार्टी, नेपाल (तत्कालीन समयमा दलित जनजाति पार्टी)का अध्यक्ष विश्वेन्द्र पासवानले प्रमुख राजनीतिक दलका नेताहरूविरुद्ध चर्का अभिव्यक्ति दिएका छन् ।

दुई दिनयता पासवानले एमालेका अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध निकै तल्लोस्तरको अभिव्यक्ति दिइरहेका छन् । उनले आफ्नो औकात र हैसियत भुलेर तल्लोस्तरमा नेताहरूविरुद्ध गालीगलौज गरिरहेका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीलाई दलाई लामाले बधाइ दिएका छन् । दलाई लामाले नेपालका प्रधानमन्त्रीले अहिलेसम्म बधाइ दिएका छैनन् । पहिलो पटक दलाई लामाले प्रधानमन्त्री कार्कीलाई शुभकामना दिएका छन् । यही बेला दलाई लामासँग निकट मानिएका पूर्वमन्त्री पासवानले नेता र राजनीतिक दलहरूविरुद्ध गालीगलौजमा उत्रिएका छन् ।

अघिल्लो संविधान सभाका बेला समानुपातिक सांसद रहेका पासवानले केही सांसदहरूलाई भारतमा लगेर दलाई लामालाई भेट गराएर ल्याएका थिए । पासवानको हर्कत र गतिविधिमाथि गृह मन्त्रालयले निगरानी राखेको थियो ।

२०६७ सालमा ३ सभासदसहित सरकारी अधिकारीले तिब्बती धर्मगुरु दलाई लामासँग भेटघाट गरेका थिए । त्यो भेटलाई आपत्ति जनाउँदै चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयमा पत्राचार गरेको थियो ।

नेपालको ‘एक चीन नीति’ विपरीत स्वतन्त्र तिब्बतका लागि संघर्षरत धर्मगुरुकहाँ पुगेको भन्दै दूतावासले चासो व्यक्त गरेको थियो । दूतावासको दबाबमा धर्मगुरु भेट्ने बौद्ध धर्मावलम्बी सभासदलाई समेत स्पष्टीकरण सोधेको थियो ।

मधेसी जनअधिकार फोरमका ओमप्रकाश यादव गुल्जारी, कांग्रेसका हर्षजित लामा र ललिता किङरिङ धर्मगुरु नेता दलाई लामा भेट्न भारतको हिमाञ्चल प्रदेशको धर्मशाला पुगेका थिए ।

तत्कालीन समयमा सभासद् टोलीमा रहेका गोरखापत्र संस्थानका महाप्रबन्धक शम्भु श्रेष्ठ स्वतन्त्र तिब्बत अभियानमा लागेको भनी चिनियाँ पक्षले प्रधानमन्त्री माधवकुमार नेपालसँग ठाडै आपत्ति जनाएको थियो । त्यो टोलीमा पत्रकार जयप्रकाश त्रिपाठी, शरदचन्द्र वस्ती, नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजेशराज दली, पद्मकन्या क्याम्पसकी प्राध्यापक सञ्जीता बर्मा पनि थिए ।

भ्रमणमा मधेशी जनअधिकार फोरमका सभासद विश्वनाथप्रसाद यादव (वीपी), राजकिशोर यादव, फोरम लोकतान्त्रिकका आशाकुमारी सरदार, तमलोपाका ईश्वरदयाल मिश्र, तत्कालीन समयको दलित जनजाति पार्टीका विश्वेन्द्र पासवान र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी रुक्मिणी चौधरीले दलाई लामालाई भेटेर आएका थिए ।

Published : Saturday, 2025 October 11, 2:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया