एआईजीहरूलाई दर्ज्यानी चिन्ह प्रदानसँगै पदस्थापना

काठमाडौं । नेपाली प्रहरीको प्रहरी नायव महानिरीक्षक (डीआईजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा पदोन्नति भएका ४ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

शुक्रबार प्रहरी हेडक्वाटर, नक्सालमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङ्गले चार जना एआईजीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी अतिरिक्त महानिरीक्षकहरूमा सुशीलसिंह राठौर, उमाप्रसाद चतुरबेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर बि.क. रहेका छन् ।

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष भावना श्रेष्ठ खापुङ्गले दर्ज्यानी चिन्हबाट सुशोभित भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूका धर्मपत्नीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेकी छिन् ।

यसैबीच, नेपाल प्रहरीका चार एआइजीको बढुवासँगै पदस्थापन भएको छ । एआइजी सुशीलसिंह राठौरलाई अपराध अनुसन्धान विभाग, उमाप्रसाद चतुर्वेदीलाई कार्य विभाग, हिमालयकुमार श्रेष्ठलाई प्रशासन विभाग र डम्बरबहादुर बि.क.लाई प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको छ ।

नेपाल सरकार मन्त्रिपरिषदको २०८२ असोज २३ गतेको निर्णयअनुसार उनीहरू डीआईजीबाट एआईजी पदमा बढुवा भएका थिए ।

Published : Friday, 2025 October 10, 5:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया