गृहसचिव दङ्गालद्वारा सशस्त्र प्रहरीको मुख्यालयको निरीक्षण भ्रमण
काठमाडौं । गृहसचिव रामेश्वर दङ्गाले सशस्त्र प्रहरी बल, नेपालको मुख्यालयको निरीक्षण भ्रमण गरेका छन् ।
शुक्रबार सशस्त्र प्रहरीको मुख्यालय स्वयम्भु, काठमाडौंमा गृहसचिव दङ्गालले भ्रमण गरेका हुन् । गृहसचिव दङ्गाललाई सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालले स्वागत गरेका छन् ।
गृहसचिव दङ्गाललाई सशस्त्र प्रहरीको कामकारबाही र तयारीहरूका विषयमा आईजीपी अर्यालले जानकारी गराएका छन् । साथै दङ्गालले आफ्नो कार्यकालमा सशस्त्र प्रहरीलाई आवश्यक पर्ने सहयोग गर्न तयार रहेको आश्वासन दिएका छन् ।
गृहसचिव दङ्गालले सशस्त्र प्रहरीले प्रकृतिक प्रकोपमा उद्धार, शान्ति सुरक्षा कायम र सिमानामा गरिरहेको तस्करी नियन्त्रण लगायतका कार्यको निभाएको भूमिकाको प्रशंसा गरेका छन् ।
Published : Friday, 2025 October 10, 3:47 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया