कांग्रेस नेता बालकृष्ण खाणको क्षेत्रद्वारा विशेष महाधिवेशनको विपक्षमा निर्णय
भैरहवा । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ३ ले नियमित महाधिवेशनमा जाने निर्णय गरेको छ ।
बिहीबार रुपन्देहीमा बसेको क्षेत्र नं. ३ का महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरूको बैठकले नियमित महाधिवेशनमा जाने निर्णय गरेको हो । क्षेत्रीय सभापति सुशील गुरुङको सभापतित्वमा बसेको बैठकमा महामन्त्री गगन थापा निकट मानिने महाधिवेशन प्रतिनिधि रमेश खनालले मात्रै विशेष महाधिवेशनको पक्षमा धारणा राखेका थिए ।
रुपन्देही क्षेत्र नं. ३ मा महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि गरी २६ जना छन् । रुपन्देही निर्वाचन क्षेत्र नं. ३ बाट कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाण र जिल्ला सभापति रामकृष्ण खाण पनि महासमिति र महाधिवेशन प्रतिनिधि छन् ।
Published : Thursday, 2025 October 9, 9:41 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया