बाढी र पहिरोबाट भएको क्षतिप्रति दु:ख व्यक्त गर्दै तरुण दल स्वयंसेवक र सहयोगका लागि खटिन तयार

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले देशभरि स्वयंसेवकका रुपमा काम गर्न तरुणहरू तयार रहेको बताएका छन् ।

आइतबार अध्यक्ष गुरुङले सामाजिक सञ्जालमार्फत बाढी र पहिरोबाट भएको क्षतिमा गहिरो दु:ख व्यक्त गर्दै राहत कार्यका लागि तरुण दल तयार रहेको बताए ।

गत दुई दिनको पानीले काठमाडौं, ललितपुर र भक्तपुर एवं देशको विभिन्न भागमा भएको क्षतिमा सहयोग गरी राहत कार्यको लागि नेपाल तरुण दल केन्द्रीय समिति स्वयंसेवकको भूमिका निभाउन तयारी अवस्थामा रहेको उनलेे बताए ।

अध्यक्ष गुरुङले सहयोगको लागि नेपाल तरुण दल केन्द्रीय कार्यालयको मुख्यसचिव ठानप्रसाद पोखरेललाई ९८४९४९५६९५ मा सम्पर्क गरी जानकारी दिन आग्रह गरेका छन् ।

Published : Sunday, 2025 October 5, 8:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया