एआईजी कार्कीद्वारा काठमाडौं उपत्यकाकाे विपद उद्वारमा खटिन मातहत युनिटलाई सशस्त्र र सेनासंग समन्वय गरेर परिणाममुखी कार्य गर्न निर्देशन
काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपाेखरीका प्रहरी प्रमुख (एआईजी) दानबहादुर कार्कीले काठमाडौं उपत्यकाभित्र तीन वटै सुरक्षा निकायबीच समन्वय गरेर विपतकाे बेला उद्वारमा खटिन मातहतका युनिटहरूलाई निर्देशन दिएका छन् ।
शनिबार राति निर्देशन दिँदै एआईजी कार्कीले महानगरीय प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबीच समन्वय गरेर विपतकाे जाेखिममा परेका नागरिकहरूकाे उद्वार गर्न भनेका हुन् । उनले उपत्यकामा प्रहरी कुनाकुनामा खटिएको बताए । समन्वय गरेर खटिँदा विपतमा परेका नागरिकका बारेमा सहि सूचना आउने र उद्वार गर्न सहज हुने एआईजी कार्कीले बताएका छन् ।
उनले भने, `विपदका बेला घरपुरिने, क्षति हुन सक्छ । नेपाल प्रहरीको टाेली काठमाडौं , भक्तपुर र ललितपुरका कुनाकुनामा खटिएको छ । अहिलेकाे आवश्यकता समन्वयात्मक ढंगले पनि काम गर्ने हाे । हाम्रो विपतकाे टाेली छ । सशस्त्र प्रहरीको टाेली पनि ठाउँठाउँमा खटिएको छ ।´
`त्यो टाेलीसंग महानगरीय प्रहरीको टाेलीकाे साथै त्यहाँको ईञ्जिनियरकाे टाेली पनि खटअवस्था छ । प्रहरीको जहाँजहाँ उपस्थिति छ, जहाँजहाँ पायक पर्छ, ती पायक पर्ने ठाउँमा समन्वयात्मक ढंगले काम गर्न भन्नु । जसले गर्दा समन्वयात्मक ढंगले काम गर्दा कामकाे परिणाम पनि राम्रो हुन्छ,´ एआईजी कार्कीले निर्देशनमा भने ।
`राति आलाेपालाेकाे व्यवस्था पनि हुन्छ । यसमा सामूहिक रुपमा काम गर्दा प्रतिफल राम्रो हुने हुँदा सबै युनिट कामण्डरहरूलाई आफ्नो पायक पर्ने, खटिएको स्थानमा जाे जहाँ खटिएको छन्, महानगरीय प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको कन्ट्याक्ट नम्बर राख्ने, कन्ट्याक्ट गर्दै जहाँजहाँ आवस्यक पर्छ, त्यहाँ मद्दत लिने र दिने गर्ने । सूचना पनि आउँछ, सहयाेग पनि आउँछ,´ एआईजी कार्कीले निर्देशनका क्रममा भने ।
काठमाडौं उपत्यकामा वर्षातका कारण डुबान हुनुका साथै नदी, खाेलामा कटान र जाेखिम बढेपछि प्रहरीका साथै सशस्त्र र सेनाले संयुक्त रुपमा उद्वारका कार्य गरेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया