सिंहदरबार पुनर्निर्माण गर्न मेयर्स फोरमले सरकारलाई ५ करोड दिने

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनका क्रममा सरकारी भौतिक संरचना ध्वस्त भएपछि त्यसको पुनर्निर्माणका लागि काठमाडौं उपत्यका मेयर्स फोरमले सिंहदरबारको पुनर्निर्माण गर्न ५ करोड रूपियाँ सहयोग गर्ने भएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गरेर फोरमका अध्यक्ष एवम् ललितपुर महानगरपालिकाका मेयर चिरीबाबजु महर्जनले जेनजीका क्रममा जलाइएको सिंहदरबार पुनर्निर्माणमा ५ करोड रुपियाँ सहयोग गर्ने जानकारी दिए ।

मेयर महर्जनले सिंहदरबारको पुनर्निर्माण गर्न ५ करोड रुपियाँ र उपत्यका प्रहरी कार्यालयलाई काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था सुदृढ गर्न १ करोड रूपियाँ प्रदान गर्ने जानकारी दिएका छन् ।

भदौ २४ गते जेन–जीको प्रदर्शनका क्रममा सिंहदरबार, सर्वाेच्च अदालत, प्रहरी कार्यालयसहित सरकारी भवन, दलका कार्यलय र नेताहरुको घरमा आगजनी भएको थियो ।

मेयर्स फोरमले तोडफोडमा परेका प्रहरी चौकी तथा नगरपालिकाहरूको सेवा प्रवाह सहज बनाउन थप सहयोग गर्ने जनाएको छ ।

Published : Saturday, 2025 September 27, 10:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया