मोहन बस्नेतद्वारा ठूलो संख्यामा एमाले–माओवादीका नेता, कार्यकर्ताहरूलाई कांग्रेसमा स्वागत

बाह्रबिसे । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले एमाले र माओवादी केन्द्रका ठूलो संख्यामा स्थानीय नेता, कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराएका छन् ।

शनिबार बाह्रबिसेमा नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ ले आयोजना गरेको कार्यक्रममा नेता बस्नेतले एमाले र माओवादी परित्याग गरेका स्थानीय नेता, कार्यकर्ताहरूलाई कांग्रेसको सदस्यता प्रदान गरेका हुन् । उनले नवप्रवेशीहरूलाई कांग्रेसमा स्वागत गरेका हुन् ।

जेनजी पुस्ताको आन्दोलनबाट सत्ता परिवर्तन भएको र कांग्रेस समाप्त भयो भनेर समाचार आइरहेका बेला सिन्धुपाल्चोकमा कांग्रेस नेता बस्नेतले ठूलो संख्यामा एमाले र माओवादीका नेता, कार्यकर्तालाई पार्टीमा प्रवेश गराएका छन् ।

कांग्रेस नेता बस्नेतले नवप्रवेशीहरूलाई योग्यता र क्षमताअनुसार पार्टीमा भूमिका तथा जिम्मेवारी दिइने बताएका छन् । कांग्रेसको सिद्धान्त र लोकतान्त्रिक पद्धतिका कारण कम्युनिस्ट पार्टीहरूबाट नेता, कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गर्ने गरेको बस्नेतले बताएका छन् ।

एमाले र माओवादी केन्द्र परित्याग गरी बाह्रबिसे नगरपालिका वडा नं. ५ बाट चन्द्रबहादुर लामा, बेन्दारे तामाङ, कान्छा तामाङ, खडकबहादुर तामाङ, सुक्रबहादुर तामाङ, भीमराज तामाङ, कामी तामाङ, गुडुलबहादुर तामाङ, पूर्णबहादुर तामाङ, भूपिन्द्र तामाङ, रामबहादुर तामाङ, दीपक घले, मीनबहादुर तामाङ, सीताराम तामाङ, तेजबहादुर तामाङ, जगतबहादुर तामाङ, जनककुमारी तामाङ, दावा तामाङ, शर्मिला तामाङ, मोतीमाया तामाङ, साङ्‌‌मु तामाङ, विमल खत्री, निशा तामाङ, तुलीमाया तामाङ, उर्मिला तामाङ, विकरान्त तामाङ लगायतका व्यक्तिहरू नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

Published : Saturday, 2025 September 27, 9:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया