जंगी अड्डामा सेनाका पूर्वप्रधान सेनापतिहरूको जमघट
काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग छलफल गरेका छन् ।
शुक्रबार जारी विज्ञप्तिमा जंगी अड्डा, भद्रकालीमा सिग्देलले मुलुकको पछिल्लो राजनीतिक अवस्था र सेनाका भूमिकाका विषयमा पूर्वप्रधान सेनापतिहरूसँग छलफल गरेका हुन् ।
‘आश्विन महिनाको पहिलो हप्ता जङ्गी अड्डामा समसामयिक परिस्थितिको सम्बन्धमा पूर्व प्रधान सेनापतिहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको थियो,’ विज्ञप्तिमा भनिएको छ ।
‘मिति २०८२ आश्विन ०९ गते नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखहरूको भौतिक उपस्थिति र पृतनापतिहरूको भर्चुअल सहभागितामा पृतनापति समन्वयात्मक बैठक–२०८२ सञ्चालन भएको छ । बैठकमा विभागीय प्रमुख लगायत पृतनापतिहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यहरूको समीक्षा एवं सुझावहरू प्रस्तुत गर्नु भएको थियो,’ विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया