प्रहरी प्रभाव, कोटेश्वरमा प्रहरीहरू काममा फर्किए, एआईजी कार्की र स्थानीयहरूद्वारा स्वागत

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनका क्रममा तोडफोडपछि जलाएर क्षति पुर्‍याइएको प्रहरी प्रभाग कोटेश्वरको मर्मत सम्भार पश्चात प्रहरी कर्मचारीहरू काममा फर्किएका छन् ।

बिहीबार काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी प्रमुख (एआईजी) दानबहादुर कार्की र स्थानीयहरूले प्रहरी कर्मचारीहरूलाई स्वागत गरेर काममा फर्काएका हुन् । प्रहरी प्रभाग, कोटेश्वरको कार्यालय मर्मत सम्भार भएपछि प्रहरी कर्मचारीहरू पुनर्स्थापित भएका हुन् ।

एआईजी कार्कीले जिम्मेवारी बहनका क्रममा प्रहरी कर्मचारीहरूले मनोबल उच्च बनाएर कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । उनले प्रहरी कर्मचारीहरूलाई आफूले सहयोग गर्ने आश्वासन दिएका छन् ।

कोटेश्वरका स्थानीयहरूले पनि प्रहरी प्रभाव, कोटेश्वरका प्रहरी कर्मचारीहरूलाई सहयोग गर्ने बचन दिएका छन् । उनीहरूले शान्ति सुरक्षामा खटिने प्रहरीसँग समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

जेनजी आन्दोलनका क्रममा क्षति भएका र आगजनी भएका काठमाडौं उपत्यकाभित्रका अधिकांश प्रहरी युनिटहरू मर्मतपछि पुनर्स्थाना भएका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको भवन पनि मर्मत सम्भारपछि पुनर्स्थापना भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालय, रामशाह पथमा पनि ट्राफिक प्रहरी कर्मचारीहरूले नियमित काम गर्न थालेका छन् । कन्ट्रोल रुप पनि निर्माण भइसकेको छ । महेशकुमार श्रेष्ठ नेतृत्वको एनआरएनएले ट्राफिक प्रहरीको कन्ट्रोल रुम बनाइदिएका छ ।

Published : Thursday, 2025 September 25, 10:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया