रास्वपाले रविलाई भगाउन जेलमा आगो लगाएपछि सँगै भगेका सहकारी ठगका अभियुक्त शर्मा पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता, कार्यकर्ताले नख्खु कारागार जलाएर आफ्ना सभापति रवि लामिछानेलाई भगाउने क्रममा सँगसँगै भागेका शिव शिखर सहकारी संस्था लिमिटेडका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् ।

बुधबार ललितपुरको सानेपाबाट प्रहरीले शर्मालाई पक्राउ गरेको हो । पक्राउ परेका शर्मालाई नख्खु कारागार बुझाइएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष शर्मा सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका थिए । सहकारी ठगीमा फरार भएका शर्मा यसअघि २०८० असार १२ गते पक्राउ परेका थिए । शर्मालाई भारतको मुम्बईबाट पक्राउ गरेर नेपाल ल्याइएको थियो ।

सहकारी ठगीका साथै शर्माविरुद्ध प्रहरीले २२ अर्बभन्दा बढीको सम्पत्ति शुद्धीकरणको मुद्दा पनि चलाएको छ । नख्खु कारागारमा रास्वपाका सभापति लामिछाने पनि सहकारी ठगी र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा छन् ।

सभापति लामिछानेलाई जेलमा आगो लगाएर भत्काइ भगाउन रास्वपाका नेता मनीष झा, केन्द्रीय सदस्य ज्वाला संग्रौला, हरि ढकाल, लगायतका नेताहरूले नेतृत्व गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् ।

नख्खु कारागार प्रशासनले जेलमा आगो लगाएर फरार भएका कैदी बन्दीहरूलाई सम्पर्कमा आउन सूचना जारी गरेपछि रास्वपाका सभापति लामिछाने खुरुखुरु जेलमा फर्किएर सम्पर्क गरेका थिए । जेल प्रशासनले सम्पर्क नगर्ने कैदी बन्दीहरूलाई फरार रुचीमा राखेर कारबाहीको चेतावनी दिएपछि लामिछाने तनाबमा परेका थिए । जेजनी आन्दोलनको मौकाको फाइदा उठाएर लामिछानेले पार्टीका नेता कार्यकर्ताहरूलाई परिचालन गरेर नख्खु कारागार जलाएका थिए ।

Published : Wednesday, 2025 September 24, 5:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया