अभिनेत्री मनीषाद्वारा कांग्रेस नेता डा.कोइरालासँग भेट

काठमाडौं । दुर्गा प्रसाईं संयोजक रहेको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानलाई समर्थन गर्दै आएकी अभिनेत्री मनीषा कोइरालाले नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालासँग भेट गरेकी छिन् ।

बुधबार बिहान काठमाडौंको महाराजगञ्जस्थित डा.कोइरालाको निवासमा मनीषा पुगेकी थिइन् । उनीहरूका बीच पारिवारिक कुराकानी भएको बुझिएको छ ।

डा.कोइराला र अभिनेत्री मनीषाबीच काकाभतिजीको सम्बन्ध रहेको छ । डा.कोइरालाको टोखास्थित निवासलाई जेनजी आन्दोलनकारीले जलाएर क्षति गरेका छन् ।

अभिनेत्री मनीषा कोइरालाले राजावादीहरूको आन्दोलनमा सक्रिय समर्थन र साथ दिँदै आएकी छिन् । मेडिकल व्यवसायी समेत रहेका दुर्गा प्रसाईंले तिहारपछि आन्दोलन गर्ने घोषणा गरिसकेका छन् ।

Published : Wednesday, 2025 September 24, 12:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया