संकटका बेला गोल्छा ग्रुपद्वारा ट्राफिक प्रहरीलाई दियो साथ, २० वटा मोटरसाइकल प्रदान
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथलाई गोल्छा ग्रुपले २० वटा मोटरसाइकल निःशुल्क हस्तान्तरण गरेको छ ।
मंगलबार रामशाहपथस्थित कार्यालयमा आयोजित विशेष कार्यक्रममा काठमाडौं उपत्यका कार्यालय, रानीपोखरीका प्रहरी प्रमुख (एआईजी) दानबहादुर कार्कीलाई गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले मोटरसाइकलहरू हस्तान्तरण गरेका हुन् ।
एआईजी कार्कीले ती मोटरसाइकलहरू ट्राफिक प्रमुख (एसएसपी) नवराज अधिकारीलाई प्रदान गरेका छन् । एआईजी कार्कीले गोल्छा ग्रुपलाई धन्यवाद प्रदान गरेका छन् ।
वर्तमान परिस्थितिमा स्रोत साधनको अभावले ट्राफिक व्यवस्थापन तथा सुरक्षित आवागमनमा परिरहेको असरलाई मध्येनजर गर्दै गोल्छा ग्रुपले मोटरसाइकलहरू प्रदान गरेको हो । १५० सी.सी.का पल्सर मोटरसाइकलबाट ट्राफिक प्रहरीलाई कार्यसम्पादनमा सहयोग मिल्ने अध्यक्ष गोल्छाले बताए ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते रामशाहपथस्थित उपत्यका ट्राफिक कार्यालयमा प्रवेश गरेको समूहले तोडफोड र आगनजी गरेर नष्ट गरेको थियो । आगजनी भएपछि ट्राफिक प्रहरीलाई कार्य सम्पादन गर्न समस्या परेका बेला गोल्छा ग्रुपले मोटरसाइकलहरू प्रदान गरेको हो ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया